रौतहट,२ चैत्र
बिगतको बर्षको तुलनामा यस बर्ष रौतहटमा कुष्ठरोगिहरु ब्ढिरहेको तथ्याङकले देखाएको छ । गत आर्थिक बर्षभरी १ सय ५० जना मात्रै कुष्ट रोगी पत्ता लागेको थियो तर चालु आर्थिक बर्षको ६ महिना भित्र नै १ सय ५३ जना नया कुष्ट रोगी पत्ता लागी सकेको पाइएको हो । शुक्रबार स्वास्थ्य कार्यालय रौतहटको आयोजना र तथा लेप्रोसी मिसन नेपाल र आइरिश एडको आर्थिक सहयोगमा रौतहटका पत्रकारहरु संग कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखी करण कार्यक्रममा सो कुरा जानकारी गराइएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रौतहटको कुष्ठरोग शाखा प्रमुख महेश साहले बजेट अभाबको कारण अझ धेरै रोगहरु पत्ता लगाउन कठिन भएको बताए । यस रोगको बारेमा स्थानिय वाड स्तरमा गएर नागरिकहरु संग छलफल गर्नुपर्ने आवश्यकता रहेको शाखा प्रमुख साहले बताए ।
बजेट अभाबको कारण हरेक नागरिकलाइ यसरोगको बारेमा सचेत गराउन कठिन भएको उनको गुनासो छ । तर पनि आफुलाइ कुष्ठरोग लागेको शंका लागेमा हरेक नागरिकले आफनो नजिकैको स्वास्थ्य चौकीमा गएर निशुल्क स्वास्थ्य परिक्षण गराउन साहले आग्रह गरेका छन ।
रौतहटमा मात्रै अहिले १ सय ५० जना नया र १ सय ५३ जना पुरानो रोगी रहेको उनले जानकारी दिए । जसमा १ सय ३७ जना बिरामी अझै उपचारत रहेको शाखा प्रमुख साहकोे भनाइ छ ।
रौतहटको सबैभन्दा बढी गुजरा नगरपालिकामा २३ जना कुष्ठरोगी रहेको,चन्द्रपुरमा २० जना,बृन्दावनमा १८ जना बिरामी रहेको साहले जानकारी दिए र सबैभन्दा कम दुर्गाभगबती गाउपालिका ३ जना मात्रै यस्ता रोगी रहेको साहले बताए । कुष्ठ रोगीहरुको रौतहटमा ८ वटा समुह सक्रिय रहेको समेत उनले जानकारी दिएका छन ।
कार्यक्रममा चन्द्रपुर ४ का कुष्ठरोगी बिनोद खनालले रोग लाग्दा आफनै परिवारले हेर्ने दृष्टीकोण समेत फरक भएको अनुभुती सुनाए । औषधी नै खाएर कुष्ठरोग निको बनाएको खनालले बताएका छन । यो रोगबाट नआत्तिन पनि उनले आग्रह गरेका छन । रोग लुकाउन नहुने खनालको सल्लाह छ । यस्तै चन्द्रपुर नगरपालिका वाड नं. ४ की ज्ञान माया गोलेले पनि ६ महिना औषधी खाएर रोग निको बनाएको बताइन । अहिले आफु पुरानै अबस्थामा आएको गोलेले बताइन । कार्यक्रममा द लेप्रोसी मिसन नेपालका डा. प्रकाश पौडेलले कुष्ठरोगको लक्षण,उपचार र हालबो अबस्था बारे जानकारी गराएका थिए । कुष्ठरोगको उपचार नपाएका वा नगराएकाहरुको स्वास प्रस्वासबाट यो सर्ने हुदा सचेत रहन डा. पौडेलले आग्रह गरेका छन । रोगको पहिचान हुनेबित्तिकै स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार औषधी सेवन गर्र्नुको कुनै बिकल्प नभएको उनले बताए ।
यसैगरी प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्कीले यो रोग निदानको लागी टोलटोलमा अभियान बनाएर हिडनुपर्ने बताएका छन । टोलटोलमा गए बुझने हो भने रौतहटमा कुष्ठरोगी बढन सक्ने कार्कीको धारणा थियो । राज्यले बजेट बढाएर भएपनि गाउ गाउमा अभिमुखी कार्यक्रम गर्नुपर्ने पत्रकार कार्कीले बताएका छन ।