रौतहट,२ चैत्र
रौतहटको परोहा नगरपालिकामा एक युवा ब्यबसायि माथि गोली प्रहार भएको छ । परोहा नगरपालिका वाड नं ९ रामपुरखाम स्थीत शिवम मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो । गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ । भारतीय नम्बरको अपाचे मोटरसाइकल चढेर तीन जनाको समुहमा आएका भारतीय लुटेरा समूहले सञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए। लुटेरा समूहले चलाएको गोली साहको कन्चटमा लागेको छ । गोली लागेर गम्भीर घाइते भएका साहको गौर अस्पतालमा सामान्य उपचार पश्चात् वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको एसपी श्रेष्ठले बताए। घटना स्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईँ सहितका टोली खटिएको छ ।






