रिटर्नी फेडेरेसनले १लाख सदस्यता विस्तार गर्ने

0
66

काठमाण्डौं, चैत्र ४
रिटर्नी फेडेरेसन नेपालले १ लाख सदस्यता वृद्धि गर्ने भएको छ । फेडेरेसनको चैत्र २ र ३ गते काठमाण्डौंमा सम्पन्न केन्द्रीय समिति बैठकले “सदस्यता विस्तार अभियान” संचालन गर्ने निर्णय गरेको हो ।
इजरायलमा हमासद्वारा बेपत्ता पारिएका विपिन जोशीको बास्तविक अबस्था सार्वजनिक गर्न, सरकारको निति तथा कार्यक्रममा रिटर्नी लक्षित कार्यक्रम समावेश गर्न पनि फेडेरेसनले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
सदस्यता विस्तार अभियान संगै पालिका कमिटीहरुको समेत अधिवेसन गर्ने निर्णय गरिएको छ । यसै गरि प्रदेशगत रुपमा “संगठन सुदृढिकरण र सबलिकरण अभियान” संचालन गरिने र त्यसलाई जिल्लास्तरीय रुपमा लैजाने फेडेरेसनका प्रचार तथा प्रकाशन विभाग प्रमुख खेम कार्कीले जानकारी दिनुभयो ।
आम रिटर्नीमा आशा जगाउने खालका, रिटर्नी समुदायको जीवन सङ्ग जोडिने खालका कार्यक्रम अघि बढाउन बैठकले विभिन्न योजना निर्माण गरेको जनाइएको छ । नेपालमै सम्भव छ भन्ने भावनाको बिकास गराउन सङ्गठनलाई ब्यबस्थित ढङ्गले परिचालन गराउन आवस्यक नितिगत ब्यबस्था गरेको प्रचार प्रमुख कार्कीले बताउनुभयो ।
चैत्र २ गते रिटर्नी फेडेरेसनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति तथा नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले फेडेरेसनले संगठन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
व्यवसायिक व्यवस्थापनको सिपको अभावले गर्दा विदेशिनेको संख्यामा वृद्धि भएको भन्दै पोखरेलले वार्षिक रुपमा भित्रिने ठूलो संख्यामा रहेका रिटर्नीहरुको विचमा रिटर्नी फेडेरेसन नेपाल पुगेर अरु भन्दा फरक ढंगले प्रस्तुत हुन सके मात्र संगठनको औचित्य पुष्टि हुने बताउनु भयो ।
विदेशमा देखेर आएको ,भोगेर आएको र देश बनाउछु भन्दै संगठित समेत भएकोले यही समुहले नयाँ रिटर्नीहरुलाई जोडन सके मात्र संगठन सुदृढ हुन सक्नेमा बताउनु भयो ।
विदेशबाट फर्केर केही पेशा गर्नै अवस्था नभए भएको पुँजी सकिने र फेरि विदेश नै फर्किने अवस्था आउने भन्दै सिपयुक्त काम गरेर आफूहरुलाई स्थापित गर्ने बाटोमा पनि फेडेरेशनले पहल गर्नु पर्ने वहाको भनाई थियो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले विदेशमा रहेका नेपालीबिच विभिन्न माध्यमबाट फेडेरेशनले सम्पर्क विस्तार गरि पार्टी संग जोडन पहल गनुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा फेडेरेशन ईन्र्चाज सुर्य पाठकले पार्टीको अवस्था बमोजिम निराश भएर नभई एमालेले आफ्नो कार्यकालमा गरेका कामलाई समिक्षा गरेर अगाडि बढनुपर्ने बताउनु भयो ।
वहाँले पार्टीका पद्धती अनुसार केन्द्रबाट जिल्ला सम्म प्रत्यक्ष कार्यहरु गर्ने र प्रदेशले जिल्लामा समन्वय र पालिकाहरुमा प्रत्यक्ष कार्यहरु गर्ने गरि संगठनले पनि कार्ययोजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।
बैठकले रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले प्रस्तुत गर्नुभएको राजनीतिक , सांगठानिक र समिक्षात्मक प्रतिवेदन पास गरेको छ भने कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख जितेन्द्र बाँनियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकले संगठन विस्तार तथा समसामयिक विषयमा विभिन्न निर्णयहरु गरेर समापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here