चन्द्रपुर – साथि सबैभन्दा माथि भन्दै रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेला माबिमा अध्ययन गरेका एसएसलसी ब्याजी बिद्यार्थी समुहले शनिबार बृहत पुर्नमिलन तथा बनभोज कार्यक्रम आयोजना गरेको छ ।
माबि जुडिबेलाबाट २०५५ सालमा एसएलसी परिक्षामा उर्तिण बिद्यार्थीहरुले चन्द्रपुर नगरपालिका वाड नं. २ स्थीत शहिद स्मृती पार्कमा बनभोज कार्यक्रमको आयोजना गरेको हो । २०५५ सालमा एसएलसी दिएर बाहिर गएका र विवाह भएर गएका साथीहरु बिचको पुर्नताजकी गर्ने उदेश्यले नै साथीहरु बिचको पुर्नमिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेको सोही ब्याजका बिष्णु कुवरयोगीले बताए । यो वन भोज कार्यक्रमले साथीहरु बिच झन आत्मीयता बढेको उनले बताए । २५ बर्ष पछि साथी साथी बिच भेटघाट हुन पाउदा कार्यक्रममा सहभागीहरु खुशीले गदगद थिए ।
यस कार्यक्रमले साथीहरु बिच बिगतमा बिद्यालय अध्ययन गर्दा भएका गतिबिधिहरुको स्मरण पुर्नताजकी बनाएको कार्यक्रममा सहभागी बाबुराम लामाले बताए ।
साच्चै नै साथी सबैभन्दा माथि नै रहेको आभास भएको अर्का सहभागी कृष्ण ढुंगेलको भनाइ छ ।
उक्त वनभोज कार्यक्रममा बिष्णु कुबरयोगी, कृष्ण ढुगेल,सुनिल चौधरी,गोबिन्द खरेल,बाबुराम लामा,मिन लामा,कुमार काफले,दिलिप लामा,लिला राई,बिरेन्द्र राई,रामकुमार राई,सन्तलाल कुश्वार,मोहन बस्नेत, गौतम चौधरी,कुमार कटुवाल,राशरण मैनाली,रोशन भट्टराई, बलराम मैनाली,मिठाराम केसी,निर्मल कर्मचार्य,दिनेश अधिकारी,दिल बहादुर वाइवा,पंचलाल भोलन,सन्जु राउत,सत्यबती मैनाली,प्रमिला मैनाली,इन्दिरा पाण्डे,पार्बती पाण्डे,शुशिला चौधरी,दुर्गा आचार्य,सिता खत्री लगायतका सो ब्याजीका भुपु बिद्यार्थीहरु सहभागि थिए ।