Tuesday, May 28, 2024

तिमलसिना समाज रौतहटद्धारा २ जना जेहेन्दार बिद्यार्थीलाई छात्रावृति प्रदान

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२४ बैशाख
तिमलसिना समाज रौतहटले सोमबार एक कार्यक्रमको आयोजना गरी २ जना जेहेन्दार बिद्यार्थीलाइ छात्रबृति बितरण गरेको छ ।
तिमलसिना समाज मधेश प्रदेशको सिफारिसमा केन्द्रिय समितिले उक्त छात्रबृति रकम उपलब्ध गराएको हो ।
छात्रबृति पाउनेमा चन्द्रपुर नगरपालिका वाड नं. ४ की योगिता तिमलसिना र चन्द्रपुर —८ की स्मारिका तिमलसिना रहेकी छिन । उनीहरुलाइ तिमलसिना समाज रौतहटका अध्यक्ष कृष्ण प्रसाद तिमलसिना र चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसीले सो छात्रबृति रकम हस्तान्तरण गराएका थिए ।
तिमलसिना समाज केन्द्रिय समितिले पठाए अनुसार ५ हजार ५ सय ५५ रुपैयाको दरले २ जना जेहेन्दार तथा बिपन्न परिवारका बिद्यार्थीलाइ छात्रबृति रकम र प्रमाण पत्र हस्तान्तरण गरेको तिमलसिना समाज रौतहटका सचिब गोबिन्द तिमलसिनाले जानकारी दिए । जेहेन्दार २ जना तिमलसिना परिवारका बिद्यार्थीलाइ अध्ययन गर्न सहज होस भन्दै छात्रबृति बितरण गरेको तिमलसिना समाज रौतहटका अध्यक्ष कृष्ण प्रसाद तिमलसिनाले बताएका छन । सो छात्रबृति कार्यक्रममा तिमलसिना समाज रौतहटका पदाधिकारी तथा सदस्यहरुको उपस्थीती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles