Wednesday, May 29, 2024

तयारी अबस्थाको झयालको चौकस र कडी बरामद

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२५
डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले तयारी अबस्थामा झयालको चैकोस र कडी बरामद गरेको छ ।
डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहको नेतृत्वमा र सब डिभिजन कार्यालय गैँडाटारका कर्मचारी र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले गैँडाटारको एकघरमा छापामारी गर्दा सालको तयारी झ्याल ८ थान र १४ थान कडी बरामद गरेको हो। बरामद काठहरू डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए।बरामद काठको बजार मूल्य १ लाख २५ हजार बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। बिशेष सुराकीको आधारमा काठ बरामद गरेको सहायक वन अधिकृत राजेश साहले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles