Monday, May 27, 2024

नेकपा एमाले गुजरा नगर कमिटिको अध्यक्षमा चौधरी निर्वाचित

ताजा / भरखरै प्राप्त

रौतहट,३१ बैशाखा
रौतहटको नेकपा एमाले गुजरा नगर कमिटिको दोश्रो नगर अधिवेशनबाट नगर कमिटिको अध्यक्षमा जयराम चौधरी निर्वाचित भएका छन । सोमबार भएको निर्वाचनमा गुजरा नगर कमिटिको अध्यक्षमा चौधरी निर्वांचित भएका हुन ।
निर्वाचित अध्यक्ष चौधरीले १२९ मत ल्याएका थिए भने उनका प्रधिस्पर्धी तुला बहादुर प्रधानले ७१ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा चन्द्रमान थिङ बिजयी भएका छन । थिङले ९० भोट ल्याएका थिए भने अर्का उपाध्यक्षका उमेदवार शेख इजारले ८५ मत ल्याएका थिए ।
यसैगरी सचिबमा रामबाबु चौधरी निर्बिरोध निर्वाचीत भएका छन भने उपसचिबमा शेख अबु र महिला उपसचिबमा सरिता कुमारी साह बिजयी भएका छन ।
यस्तै लेखा समितिको अध्यक्षमा निरंजन पुरी निर्बिरोध बिजयी भएका छन भने सचिबमा सम्झना तिवारी निर्वाचित भएकी छिन ।
शनिबार देखी भएको नगर अधिवेशन सोमबार सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles