माबिका बिद्यार्थीलाइ पत्रकारिता सम्बन्धी तालिम

0
50

चन्द्रपुर,३२ जेठ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको दुर्गा माबिका बिद्यार्थीहरुलाइ पत्रकारिता तालिम दिइएको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को सहयोग र दिब्य युवा जागरण समाज नेपाल रौतहटको आयोजनामा सो बिद्यालयका बिद्यार्थीहरुलाइ तालिम दिइएको हो । तालिम उदघाटन सत्रका प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरले माबि तहमा अध्ययनरत बिद्यार्थीहरुलाइ पत्रकारिता सम्बन्धी जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरेको बताउनुभएको छ । माबि तहमा अध्ययनरत बिद्यार्थीहरुलाइ पत्रकारिता बारे जानकारी गराउन अनिवार्य रहेको हुदा दक्ष प्रशिक्षक मार्फत तालिमको आयोजना गरेको वाड अध्यक्ष रानाले बताउनु भयो । आजको समयमा मर्यादित पत्रकारिता आवश्यकता रहेको हुदा त्यस तर्फ पनि तालिमले सहयोग पुग्ने वाड अध्यक्ष राना मगरको धारणा थियो । कार्यक्रममा सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पुर्व वाड अध्यक्ष अमर आले मगरले पत्रकारिताको गरिमा बढाउन तालिमको महत्व रहेको बताउनु भयो । यसैगरी सोही बिद्यालयका प्राचार्य नारायण कार्कीले यस्ता किसिमको तालिमले माबि तहका बिद्यार्थीहरुलाइ अध्ययनमा ठुलो सहयोग हुने बताउनु भएको थियो । यसैगरी वाड अधयक्ष बिनोद सिटौला,नेकपा माओबादीका वाड कमिटि अध्यक्ष डिम कुमार दुलाल लगायतले शुभकामना दिनुभएको थियो । संस्थाका अध्यक्ष रमेश तिमलसिनाको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रको तालिमको संचालन सचिब बाल बिक्रम कार्कीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तब्य पत्रकार सुब्बा कार्कीले राख्नुभएको थियो । तालिम तराइ इन होटलमा ३ दिन सम्म संचालन हुने संस्थाका कोषाध्यक्ष मनोज कुमार साहले जानकारी दिनुभयो । तालिमको प्रशिक्षकमा पवन पौडेल रहनुभएको कोषाध्यक्ष साहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here