चन्द्रपुर,३२ जेठ
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सब्य समाज निमार्ण गर्नको लागी पत्रकारको अहम भुमिका रहने बताउनुभएको छ । बिहीबार दिब्य युवा जागरण समाज नेपालको आयोजना र चन्द्रपुर नगरपालिकाको सहयोगमा चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योती बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुलाइ दिइने ३ दिने आधारभुत पत्रकारिता तालिमको उदघाटन गर्नुहुदै नगर प्रमुख काफ्लेले यस्तो बताउनुभएको हो ।
समाजका बिकृती तथा बिसंगती हटाउन पत्रकारको महत्वपुर्ण भुमिका भएको हुदा पत्रकारको बृद्धि बिकाशको लागी नगरपालिका सहयोग गर्न तत्तपर रहेको समेत नगर प्रमुख काफ्लेले बताउनु भयो ।
नगर क्षेत्रको बिकाशमा निगरानी गर्न समेत नगर प्रमुख काफ्लेले पत्रकारहरुलाइ आग्रह गर्नुभएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं.क ६ का वाड अध्यक्ष सहदेब केसी,जन ज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका अध्यक्ष तथा अग्रज पत्रकार संजय कुमार कार्की, क्याम्पस प्रमुख राजन श्रेष्ठ,बरिष्ठ पत्रकार यादबराज पुरी,नेबि संघका पुर्व रौतहट जिल्ला अध्यक्ष श्यामहरी चौलागाई लगायतले पत्रकारिता पेशाको मर्म र धर्मको बारेमा बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष रमेश तिमलसिनाको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रको कार्यक्रमको संचालन संस्थाका सचिब बालविक्रम कार्कीले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तब्य पत्रकार सुब्बा कार्कीले राख्नुभएको थियो ।
तालिममा सो क्याम्पसमा स्नातक तहमा अध्ययरत ५० जना बिद्यार्थीहरु सहभागी छन । ३ दिन सम्म चल्ने पत्रकारिता तालिमको प्रमुख प्रशिक्षकमा पवन पौडेल रहनुभएको छ भने प्रशिक्षक बरिष्ठ पत्रकार यादबराज पुरी,शिव पुरी र गौतम श्रेष्ठ रहने संस्थाका कोषाध्यक्ष मनोज कुमार साहले जानकारी दिनुभएको छ । तालिम तराइ इन होटलमा ३ दिन सम्म संचालन हुने छ ।