रौतहट ट्राफिकद्धारा २ सय सवारी साधनको यान्त्रीक परिक्षण

0
67

रौतहट,१० असार
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरले ट्राफिक सप्ताह कार्यक्रम अन्र्तरगत सोमबार २ सय भन्दा बढी सवारी साधनको यान्त्रीक परिक्षण गरेको छ । सडक अनुशासन पालना तथा सवारी र्दुघटना न्युनिकरणको लागी ट्राफिक जनचेतनामुलक सप्ताह कार्यक्रम २०८१ अन्र्तरगत सोमबार पुर्व पश्चिम महेन्द्र राजमार्ग सवार सवारी साधनको यान्त्रीक परिक्षण गरेको हो ।
सडक सुरक्षा सप्ताह कार्यक्रम अन्र्तरगत राजमार्गमा गुडने बस,ट्रक,टाटा सुमो,स्कुल बस लगायतका सवारी साधनको यान्त्रीक परिक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक शुशिल आचार्यले जानकारी दिएका छन । ति सवारी साधनको ब्रेक,लाइट,ब्याक लाइट,टायर,स्टेरिङ,इन्जीन आयल,बडी कन्डीसन,सिट कण्डीसन लगायत परिक्षण गरेको ट्राफिक प्रमुख आचार्यले बताए । गाडी बनाउने मिस्त्री सहितकाले सवारी साधनको परिक्षण गरेका थिए ।
बढदो सवारी र्दुघटना न्युनिकरण गर्नको लागी गत असार ६ गते देखी रौतहटमा ट्राफिक सचेतनामुलक सप्ताह कार्यक्रम शुरु भएको थियो ।
ट्राफिक सचेतनामुलक सप्ताह कार्यक्रम अन्र्तरगत आइतबार २ सय भन्दा बढी सवारी साधन चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको ट्राफिक प्रमुख आचार्यले जानकारी दिए । सोही दिन चालक संग २ मिनेट कार्यक्रम अन्र्तरगत चालकहरुलाइ सवारीम साधन चलाउन अपनाउनुपर्ने नियम कानुन बारे पनि सचेतना गराइएको उनले बताए ।
त्यस्तै शनिबार पनि ग्रामिण भेगका २ पाग्रे सवारी साधन साधन चालकहरुलाइ ट्राफिक नियम बारे जानकारी गराइएको थियो ।
सोही कार्यक्रम अन्र्तरगत असार ६ गते बिपी चौक गौरमा प्रभात फेरी कार्यक्रम आयोजना गरिएको थियो । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गौरकी डिएसपी एलिजा गिरी,सहायक प्रमुख जिल्ला अधिकारी,नेपाली सेनाका प्रतिनिधि,शसस्त्र प्रहरीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मंगलबार पनि ट्राफिक नियम बारे सचेतना गराउने उदेश्यले सडक नाटकको आयोजना गर्ने कार्यक्रम रहेको तथा प्रचार प्रसारलाइ तिब्रता बनाइने ट्राफिक प्रहरी निरिक्षक आचार्यले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here