चन्द्रपुर,१४ असार
रौतहटको बृन्दावन नगरपालिका वाड नं. ७ मा रहेको रुपा नेपाली पाल माध्यमिक विद्यालय सखुअवा धमौराका उत्कृष्ट बिद्यार्थी तथा शिक्षकहरुलाइ एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले शैक्षिक वर्ष २०८० को वार्षिक परीक्षामा कक्षागत रुपमा प्रथम, द्वितीय, तृतीय, सबैभन्दा उच्च अङ्क सहित सर्वोत्कृष्ट छात्र छात्रा तथा विद्यालय शिक्षक कर्मचारीलाई पुरस्कार तथा सम्मान गरेका थिए । पुरस्कार बितरण गदै नगर प्रमुख कुर्मीले शिक्षा क्षेत्रको बिकाशको लागी सहयोग गर्न नगरपालिका सदैब तयार रहेको बताएका छन । शिक्षा क्षेत्रको गुणस्तरलाइ अझ शसक्त बनाएर अगाडी बढाउनु पर्ने आजको आवश्यकता रहेको नगर प्रमुख कुर्मीको भनाइ थियो । कार्यक्रममा बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल,वाड नं. ७ का वाड अध्यक्ष जगरनाथ प्रसाद भेडिहर,बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष बैजनाथ प्रसाद पाल,स्थानिय भद्रभलादमी,शिक्षाप्रेमी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सोही बिद्यालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद सिहको अध्यक्षतामा सम्पन्न भएको थियो ।