चन्द्रपुर,१४ साउन
रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले धमाधम मोटरसाइकल चोर पक्राउ गर्न थालेको छ । चन्द्रनिगाहपुर प्रहरीले २ दिनमा २ जना मोटरसाइकल चोरलाइ पक्राउ गरेर मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दिएको जानकारी अनुसार गत शुक्रबार चन्द्रपुर नगरपालिका वाड नं. ४ निवासी हसन सरिफ मंसुरीको घरबाट चोरी भएको मोटरसाइकल तुरु्रन्तै प्रहरीले चोर सहित पक्राउ छ । मंसुरीको नाममा रहेको बागमती प्रदेश ०२–०२८ प ७८३४ नम्बरको २०० सि.सि.को बजाज कम्पनिको सेतो रंगको मोटरसाईकल प्रहरी टोलीले खोजतलास गर्दा माधवनारायण नगरपालिका वडा नं.०१ दिपही टोल बस्ने शिवचन्दन प्रसादलाइ मोटरसाइकल सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिएका छन ।
यसैगरी गत शनिबार नै चन्द्रपुर नगरपालिका वडा नं.०१ स्थित नुनथर मन्दिर नजिक पार्किङ गरि राखि रहेको अवस्थामा चोरी भएको मोटरसाइकल पनि प्रहरीले चोर सहित पक्राउ गरेको छ । भारत देश बिहार राज्य सितामढी जिल्ला बेला थाना नरगा उतरी ग्राम पंचायत वडा नं.०७ श्रीरामपुर बस्ने सुनिल कुमार साहको नाममा रहेको १६० सि.सि.को द्यच् घण्ँ छघघट नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल चोरी हुनसाथ सुनिल साहले प्रहरी चौकी पौराई रौतहटमा मौखिक जानकारी गराउन साथ प्रहरी चौकी पौराई रौतहटबाट प्रहरी टोली खटि खोजतलास राती १२ बजे सर्लाहकीको हरिवन नगरपालिका वडा नं.०१ भुटकुनी टोल बस्ने मुकेश साहले चलाईरहेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । यी दुबैजनालाइ जिल्ला अदालत गौरमा ७ दिनको को म्याद थप गरी मोटरसाईकल चोरी मुद्दामा थप अनुसन्धान भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राईले जानकारी दिए ।
मोटरसाइकल चोरको बिगबिगीलाइ अन्त्य गरेर नै छाडने डिएसपी राईले बताएका छन । भर्खरै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आएका डिएसपी राईले सोमबार बिहान पत्रकार संग परिचयात्म कार्यक्रम पनि गरेका छन । यसको भेगको समस्याको रुपमा रहेको चोरीको बिगबिगी,होटलहरुमा यौन धन्दा,लागु औषध नियन्त्रण जस्ता बिषयमा गम्भीर लाग्ने डिएसपी राईले बताए ।
पत्रकार संगको परिचयात्मक कार्यक्रममा अहिले भर्खरै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आएका प्रहरी निरिक्षक साजन कुमार शर्मा,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,संजय कार्की लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।