चन्द्रपुर,२८ साउन
रौतहटको चन्द्रनिगाहपुरमा युवाहरुको बैदेशिक यात्राको लागी कन्सलटेन्सी खुल्ने क्रम बढेको छ । सोमबार देखी चन्द्रनिगाहपुरमा एसएमटि ग्लोबल कन्सल्टेन्सीले आफनो शाखा संचालनमा ल्याएको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर स्थीत ज्योति बैकको नजिक नेशनल लाइफ इन्सुरेन्स कम्पनीको पुरानो कार्यालयमा सो कन्सल्टेन्सीको कार्यालय संचालनमा आएको हो । बैदेशिक यात्राको लागी काठमाण्डौ धाइरहनुपर्ने बाध्यता हटाउनको लागी चन्द्रनिगाहपुरमा एसएमटि ग्लोबल कन्सल्टेन्सीको शाखा कार्यालय संचालनमा ल्याएको संचालक राजेन्द्र तिवारीले जानकारी दिएका छन । सो एसएमटि ग्लोबल कन्सल्टेन्सी मार्फत युरोपेली मुलुकहरू (अष्टेलिया,क्यानडा,अमेरिका,जापान,युके,न्युजिल्यान्ड) लगायत मुलुकमा शैक्षिक अध्ययन तथा रोजगारीमा जानको लागी सेवा उपलब्ध रहेको संचालक तिवारीले बताए । सो कन्सल्टेन्सीको प्रधान कार्यालय काठमाण्डौमा रहेको छ ।
उक्त एसएमटि ग्लोबल कन्सल्टेन्सीमा जापान लगायतका बिभिन्न देशका भाषाको अध्यापन गराइने समेत उनले जानकारी दिए ।अहिले चन्द्रनिगाहपुरमा युनिक टर्न कन्सल्टेन्सी लगायतका कन्सल्टेन्सीहरुले बिभिन्न देशका भाषाहरु तथा बिदेश पठाउने कार्य गरिरहेका छन । रौतहट लगायत यहाका नागरिकहरु बिभिन्न देशको भाषा अध्ययन गर्न तथा बैदेशिक यात्रा गर्न काठमाण्डौ धाइरहेको अबस्थामा चन्द्रनिगाहपु्रमा कन्सल्टेन्सी खुलेपछि सहज हुने विश्वास लिएको स्थानिय युवा जितेन्द्र रौनियारले बताए ।सोमबार पुजाआजा गरेर सो कार्यालयको शुभारम्भ गरिएको थियो ।