हातेमालो सामुदायिक वनको अध्यक्षमा पुन ठोक्कर चयन

0
52

चन्द्रपुर,२७ साउन
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः रामलाल ठोक्कर नै चयन भएका छन । आइतबार समुहको प्रांगणमा सम्पन्न १९ औ साधरण सभाले ठोक्करलाइ नै पुनः अध्यक्षमा सर्वसहमत चयन गरेको हो ।
यसैगरी समितिको उपाध्यक्षमा जंग बहादुर घलान चयन भएका छन भने सचिबमा सरिता पाण्डे चयन भएको सामुदायिक वन उपभोक्ता महांसंघ रौतहटका उपाध्यक्ष टिका बहादुर आचार्यले जानकारी दिएका छन । यसैगरी सहसचिबमा शालिग्राम शर्मामा र कोषाध्यक्षमा सिता बानिया सहित १५ सदस्यीय समिति चयन भएका महासंघका उपाध्यक्ष आचार्यले जानकारी दिए ।
अध्यक्ष रामलाल ठोक्करको अध्यक्षतामा भएको भेलाले आर्थिक बर्ष २०८०÷०८१ को आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८१÷०८२ को योजना तर्जुमा पास गरेको थियो ।
साधरण सभाको प्रमुख आतिथ्यता गर्नुभएका मधेश प्रदेशका निर्बतमान प्रदेश सभा सदस्य धनलाल ठोक्करले वन ंसंरक्षणमा तन मन लगाएर गर्नुपर्ने बताएका छन । वन जंगलको संरक्षणको साथसाथै बन्यजन्तुको पनि संरक्षण गर्न उतिकै सक्रिय हुनुपर्ने प्रमुख अतिथि ठोक्करले बताएका छन । कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र, चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,जन ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष संजय कार्की,सामुदायिक वन उपभोक्ता महांसंघ रौतहटका अध्यक्ष बेदहरी दाहाल,उपाध्यक्ष टिका बहादुर आचार्य,महासचिब प्रेमा तिमलसिना,कोषाध्यक्ष रन्जु थापा लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन बशिष्ठ सापकोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here