चन्द्रपुर,२९ साउन
आउदो मंसिरमा हुने उपनिर्वाचनमा रौतहटको ३ वटा वाडमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङक अनुसार रौतहटको ३ वटा पालिकाको ३ जना वाड अध्यक्ष पदको लागी उप निर्वाचनमा चुनाब हुने भएको हो । रौतहटको इशनाथ नगरपालिकाको वाड नं. ७,राजपुर नगरपालिकाको वाड नं. ६ र गढीमाइ नगरपालिकाको वाड नं. ८ मा निर्वाचन हुने भएको हो । निर्वाचनको लागी निर्वाचन आयोगले तयारी शुरु गरेको छ । रौतहटको यी ३ वटा वाडमा बिभिन्न कारण वाड अध्यक्षको निधन भएपछि निर्वाचन हुने भएको हो । आउदो मंसिरमा हुने उप निर्वाचनमा देशभरीका ३४ वटा स्थानमा नगर प्रमुख,उप प्रमुख,गाउपालिका अध्यक्ष,उपाध्यक्ष तथा वाड अध्यक्षहरुको रिक्त रहेको स्थानमा चुनाब हुनेछ ।