रौतहट,२ भदौ
नेकपा एमालेको केन्द्रिय सदस्यमा मनोनित रौतहटका कुन्दन कुशवाहले आज सोमबार पद तथा गोपिनियताको सपथ ग्रहण गरेका छन । कुशवाह र बागलुगंकी मन्जु चालिसे शर्मालाइ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सपथ गराएका हुन । नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरी केही दिन अगाडी सपथमा छुटेका कुशवाह र शर्मालाइ अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले आउदा दिनहरुमा पार्टिको निर्देशन र जनताको मर्म अनुसार काम गर्न नब नियुक्त केन्द्रिय सदस्यलाइ निर्देशन दिएका छन । अहिलेको सरकार देश र जनताको हित भन्दा एक इन्च बाहिर गएर काम गर्न नसक्ने समेत प्रधानमन्त्री ओलीले प्रष्ट पारेका छन ।
कार्यक्रमको संचालन पार्टीमा महासचिब शंकर पोखरेलले गरेका थिए । सपथ ग्रहण पछि आफुलाइ थप जिम्मेबारको बोध भएको नव नियुक्त केन्द्रिय सदस्य कुशवाहले बताए । कार्यक्रममा पार्टीको केन्द्रिय पदाधिकारीहरु,स्थायी कमिटि सदस्यहरु,केन्द्रिय सदस्यहरु,संघिय तथा प्रदेश संसदहरु एमाले मधेश प्रदेशका सदस्य प्रेम शंकर यादब,रौतहट जिल्ला सचिब बाबुराम दाहाल,उपसचिब अबधेश यादब लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
कुशवाहलाइ केही दिन अगाडी बसेको नेकपा एमाले सचिबालय कमिटिले केन्द्रिय सदस्यमा मनोनिति गरेको थियो । प्रभु साहको आजपा पार्टी त्यागेर केही महिना अगाडी आएका कुशवाह तत्कालीन नेकपाको तथा नेकपा एमालेको १० औ महाअधिवेशनबाट पनि केन्द्रिय सदस्यमा रहदै आएका थिए । २०७९ सालको संघिय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा प्रभु साहले एमाले छाडेर स्वतन्त्र बाट निर्वाचन लडेपछि कुशवाह पनि सो निर्वाचनमा रौतहट क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचन लडेका थिए । कुशवाह २०७४ सालको निर्वाचनमा नेकपा माओबादीको तर्फबाट सोही क्षेत्रबाट मधेश प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।