महेन्द्र राजमार्गमा डर लाग्दो सवारी र्दुघटना, घटनास्थल मै २ जनाको मृत्यु

0
44

चन्द्रपुर,१० भदौ
सोमबार दिउसो पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा पर्ने धन्सार पुल नजिक डर लाग्दो सवारी र्दुघटना भयो । जसको कारण एउटै मोटरसाइकलमा सवार २ जनाको घटना स्थलमै ज्यान गयो । एउटै मोटरसाइकलमा सवारी गरेका २ जनाको टाटा सुमोमा ठोक्किएर घटना स्थल मै मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गको पश्चिम धन्सार पुल नजिक पश्चिम बाट पुर्ब आउदै गरेको टाटा सुमो र पुर्ब बाट पश्मित जादै गरेको मोटरसाईकल एक आपसमा ठोक्एिको थियो । निजगढ बाट चन्द्रनिगाहपुर आउदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र चन्द्रनिगाहपुर बाट निजगढ जादै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकल चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिक एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईले जानकारी दिए ।
ठक्करबाट मोटरसाईकल सबार सुनसरी जिल्ला धरान उपमाहानगरपालिका–१५ निबासी ३३ बर्षिय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निबासी बिबस सापकोटाको मृत्यु भएको डिएसपी राईले जानकारी दिएका छन । प्रहरी नायब उपरिक्षक राजकुमार राईले सवारी र्दुघटनाको बारे अनुसन्धान भैरहेको जानकारी दिएका छन । प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएको छ । उनीहरुको शब पोष्टमार्टम पछि परिबारजनलाई बुझाईने डिएसपी राईले जानकारी दिए । यता बारा, पाल्पा र सर्लाहीमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगलस्थित सडकमा बीएबी ५०३५ नम्बरको कारले बा.५८ प ४१४५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही बाग्मती नगरपालिका–४ जिराईत बस्ने ३७ वर्षीय मानबहादुर प्रधान रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै पाल्पाको तानसेन नगरपालिका–१ नारायणडाँडास्थित सडकमा यूपी १४ डीएन १०४ नम्बरको कार अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक भारत उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।उता सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका–५ छप्की टोलस्थित सडकमा जण्डोलबाट बनौलीतर्फ जाँदै गरेको मधेश प्रदेश–०६–००१ प १४१३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७५ वर्षीया ठगनिदेवी सुतियारको सोमबार दिउँसो मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here