चन्द्रपुर,११ भदौ
नेकपा एकिकृत समाजबादी पार्टीको केन्द्रिय उप महासचिब पदमा रौतहटका नेता रामकुमार भट्टराईले पनि उमेदवारी दर्ता गराएका छन । ४ जनाको लागी हुने उपमहासचिब पदमा २० जनाले उमेदवारी दिएका छन । भट्टराई तत्कालीन २०७० सालको संबिधान सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नं. ६ बाट संबिधान सभाको सदस्यमा निर्वाचित भएका थिए । ३ बर्ष अघि एमालेबाट फुटेपछि संबिधान सभा सदस्य भट्टराई माधब नेपाल नेतृत्व नेकपा एसमा लागेका थिए । यसैगरी रौतहटकै डा. बंशिधर मिश्रले केन्द्रिय सचिब पदमा उमेदवारी दर्ता गराएका छन । खुल्ला ५ जना केन्द्रिय सचिबको लागी मिश्र सहित २७ जनाले उमेदवारी दिएका छन । यसैगरी १ सय ५ जनाको पोटिब्युरो सदस्यको लागी २ सय ४ जनाले उमेदवारी दिएका छन । रौतहटबाट पोलिटब्युरो सदस्यको लागी उमेदवारी दिनेहरुमा राम कुमार भट्टराई,डा. बंशिधर मिश्र, कल्याणी कुमारी खडका,महेन्द्र चौलागाई लगायत रहेका छन । निर्वाचन आज साझ हुने निर्वाचन समितिले जनाएको छ । १८ जना पदाधिकारी र १ सय ५ जना पोलिटब्युरो सदस्यको लागी आज निर्वाचन हुन लागेको हो ।