स्वस्तीक साकोसको १२ औ साधरण सभा सम्पन्न

0
45

चन्द्रपुर,३१ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको स्वस्तीक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरको १२ औ साधरण सभा सोमबार सम्पन्न भएको छ । साधरण सभाको उदघाटन चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले गरेकी थिइन । साधरण सभाको प्रमुख अतिथि समेत रहेकी उप प्रमुख चौधरीले बचत तथा ऋण सहकारी संस्थाहरुले बचतकर्ताको भाबनालाइ समेटेर हिडन सुझाब दिएकी छिन । बचतकर्ताको बचत रकम कसरी सुरक्षित गर्न सकिन्छ र सहकारीले लगानी गरेको रकम कसरी बचत गर्न सकिन्छ भन्ने नै आजको समस्या रहेको उप प्रमुख चौधरीको धारणा थियो । अहिलेको जोखिम अबस्थामा पनि यसरी भब्य रुपमा स्वस्तीक बचत तथा ऋण सहकारीले साधरण सभा गर्नु खुशीको कुरा भएको उप प्रमुख चौधरीको भनाइ रहेको थियो । यसैगरी कार्यक्रममा शुभकामना दिदै नब बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरका अध्यक्ष राजेन्द्र तिवारीले बचतकर्ताको बचत सुरक्षित गर्नु नै सहकारीहरुको मुख्य धर्म भएको बताएका छन । यस्तै चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त आचार्यले शेयरधनी नै सहकारीको पिलर भएको धारणा राखेका थिए । यस्तै सफल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देबकी नेपालले सहकारीको मर्म र धर्म अनुसार काम गरे सहकारी कहिले पनि नडुब्ने बताएकी छिन । कार्यक्रममा बिन्दवासीनी बचत तथा ऋण सहकारी संस्थाका सचिब राजेन्द्र तिमलसिना,संकल्प बचत तथा ऋण सहकारी संस्थाका संचालक भरत प्रसाद अधिकारी,एकिकृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण खडका यातायात मजदुर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष संगिता राउत,रौतहट बचत तथा ऋण सहकारी सघका उपाध्यक्ष राम बिस्वास पासवान लगायतले शुभकामना ब्यक्त गरेका थिए ।स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न भएको साधरण सभामा आर्थिक बर्ष २०८०÷०८१ का उत्कृष्ठ बचतकर्ता तथा ऋणीहरुलाइ सम्मान गरिएको थियो ।
साधरण सभामा अध्यक्ष नरेन्द्र रानाले आर्थिक बर्ष २०८०÷०८१ को प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । २०६९ फागुण ९ गते डिभिजन सहकारी कार्यालय गौरमा दर्ताभएको यस संस्थाले हाल सम्म ४ हजार ४ सय ४३ जना शेयर सदस्य रहेको अध्यक्ष रानाले जानकारी दिएका छन । संस्थाले आर्थिक बर्षको अन्तय सम्म ९ जनालाइ ऋण प्रवाह गरेको समेत संस्थाको प्रगति प्रतिबेदनमा उल्लेख गरेको छ ।यसैगरी संस्थाकी कोषाध्यक्ष मुना सुबेदीले आर्थिक बर्ष २०८१÷०८२ को योजना चतथा बजेट बारे प्रतिबेदन साधरण सभामा प्रस्तुत गरेकी थिइन । यस्तै लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन समितिकी संयोजक पुष्पलता चौधरीले प्रस्तुत गरेकी थिइन ।यसैगरी संस्थाका ब्यबस्थापक होम बहादुर थापाले संस्थाको मुल्य मान्यता,निति र संस्थाको संचालनको अभ्यासहरुको बारेमा जानकारी गराएका थिए ।कार्यक्रम संस्थाक कर्मचारी सिपी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here