चन्द्रपुर,३१ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरमा इभी सवारी साधनको शो रुम सोमबारबाट संचालनमा आएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले उक्त शो रुमको एक कार्यक्रमका बिच उदघाटन गरेका थिए । चन्द्रनिगाहपुरमा विद्युतीय सवारी (ईभी) को एक शोंरूम उद्घाटन गरेसँगै चारपाङ्ग्रे सवारीको बिक्री केन्द्र सञ्चालनमा आएको हो। चन्द्रनिगाहपुरमा रहेको होटल हिमालयन मिनोल्टा इन्टरनेशनल प्रालिले आफ्नो विद्युतीय सवारीको बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
उक्त विद्युतीय सवारीको बिक्री केन्द्रको औपचारिक रूपमा उद्घाटन गर्दै नगर प्रमुख काफ्लेले अहिले चारपाङ्ग्रे सवारी साधनका ग्राहकहरुको विद्युतीय सवारी प्रतिको बढ्दो आकर्षणले इन्धनको खपत र वातावरणीय पर्यावरणमा समेत टेवा पुग्ने बताएका छन् । विद्युतीय सवारीको उपयोगकर्ता बढेसँगै सहज र सुविधाको लागि चन्द्रपुर नगरपालिकाले समेत ठूलो क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको बताएका छन्। मधेश प्रदेशकै ठूलो मानिएको चार्जिङ स्टेसन चन्द्रनिगाहपुर मै हुनुले पनि यहाँ वरपर जिल्लाका ग्राहकहरुलाई समेत इभी प्रति आकर्षित गरेको बताएका छन्। शो रुमबाट सिजी मोर्टसको सिजी केवाइसी,नेटा,किङलङ मोडलका बिधुतिय सवारी साधनहरु बिक्री बितरण हुने मिनोल्टा इन्टरनेशनल प्रालिका संचालक अंकित अग्रवालले जानकारी दिएका छन ।यस कम्पनीको बिरगंजमा आर्दश नगर ,प्रतिमाचोक,जनकपुर र अहिले चन्द्रनिगाहपुरमा शो रुपमा संचालनमा आएको संचालक अग्रवालले जानकारी दिए । आम उपभोक्ताहरुको मागलाइ मध्यनजर गदै यी बिधुतिय सवारी साधनमा फाइनान्सको समेत सुबिधा रहेको बताएका छन । नेटा भी मोडल कारको क्रसओभरमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्ष अर्थात डेढ लाख किलोमिटरको वारेन्टी प्रदान गर्नेछ । फूल चार्जमा ३ सय ८० किलोमिटरभन्दा धेरै रेञ्ज प्रदान गर्ने प्रमुख अंकित अग्रवालको भनाई छ । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री यस कारमा प्रयोग भएको छ । विगत ४ वर्षमा लगातार चार मोडल उत्पादन गरेको होजनको नेटा भी ४ मिटर साइजको इलेक्ट्रीक एसयूभी कार हो । क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टू स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको नयाँ पक्ष हो । नेटा भी कारको मूल्य ३७ लाख ९९ हजार रुपैँया रहेको छ । कम्पनी स्रोतका अनुसार फूल अप्सन नेटा भी अहिले बजारमा चल्तीको इलेक्ट्रीक कार नेक्सन इभी भन्दा कम मूल्यमा उपलब्ध छ । नेटा भीको लम्वाई ४०७० एमएम चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यस कारको ह्वीलवेस २४२० एमएमको रहेको छ ।नेटा भीको दुबै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ । यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने अंकित अग्रवाल बताउँछन् । नेटा भी विद्युतीय कारसँगै चौधरी ग्रुपअन्तर्गतकै चांगनको इलेक्ट्रीक भ्यानको पनि शोरुमबाट विक्रीवितरण हुनेछ । कम्पनीले प्यासेन्जर कारमा नेटा भीपछि लाइट कमर्शियल सेग्मेन्टमा माइक्रोबस ल्याएको हो ।अहिले बिधुतिय सवारी साधनको माग बढिरहेको अबस्थामा इभी गाडीको शो रुम चन्द्रनिगाहपुरमा संचालनमा आउनु उपभोक्तहरुको लागी सकरात्मक कुरा रहेको हिमालय होटलका संचालक सुरेन्द्र साहले बताएका छन । शो रुमका संचालक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक लोकेन्द्र अधिकारी, विद्युत प्राधिकरण शाखा कार्यालय चन्द्रनिगाहपुरका प्रमुख धिरेन्द्र यादव, रौतहट उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल कुमार साह तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।