विश्व मधुमेह दिवशको अबसर पारेर चन्द्रनिगाहपुरमा साइकल यात्रा

0
67

चन्द्रपुर,२९ कार्तिक
विश्व मधुमेह दिवश २०२४ को अबसर पारेर आज बिहीबार रौतहटमा साइकल र्यालीको आयोजना गरिएको छ । रौतहटको चन्द्रपुर—४ मा रहेको चन्द्रपुर अस्पताल प्रालिको आयोेजनामा साइकल र्याली गरिएको हो । राष्ट्रिय सभा सदस्य पुजा चौधरी र चन्द्रपुर २ की २२ बर्षिय बोन म्यारो फ्लयुरकी बिरामी बिष्णु माया पाख्रिनले उक्त साइकल यात्राको शुभारम्भ गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रममा राष्ट्रिय सभा सदस्य चौधरीले साइकिलिङ स्वास्थ्यको लागी एकदमै फाइदाजनक माध्यम भएको जानकारी गराउनु भएको थियो ।
चन्द्रपुर अस्पतालबाट शुरुभएको साइकल र्याली चन्द्रनिगाहपुरको भ्यु टावर,डाबरी,सिमसार क्षेत्र मरधर,गुजराको फन पार्क हुदै २२ किलोमिटर लामो यात्रा गरेको आयोजक चन्द्रपुर अस्पताल प्रालिका संचालक डा. सुवास चौधरीले जानकारी दिनुभएको छ । केही बर्षयता मधुमेहका रोगी बढिरहेको अबस्थामा सचेतनामुलक र यस क्षेत्रको पर्यटकिय क्षेत्रको जानकारी गराउने उदेश्यले साइकल र्यालीको आयोजना गरेको डा. चौधरीले बताउनु भएको छ ।
अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको जानकारी गराउदै डा. चौधरीले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु नपर्ने बताउनु भएको छ । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाइदै आएको डा. चौधरीले जानकारी दिनुभयो । बोन म्यारो फ्लयुरकी बिरामी बिष्णु माया पाख्रिनको चन्द्रपुर अस्पतालले निशुल्क उपचार गदै आइरहेको छ । साइकल यात्रामा साइकिलिङ मधेश प्रदेशका अध्यक्ष सपुत बहादुर कार्की सहित २२ जना सहभागि रहनुभएको थियो । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो।सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो। यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ। विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here