गैसस महासंघ रौतहटको २६ औ साधरण सभा सम्पन्न, सहमती नहुदा कार्य समिति चयन हुन सकेन

0
35

चन्द्रपुर,२९ कार्तिक
गैर सरकारी संस्था महासंघ रौतहटको २६ औ साधरण सभा बिहीबार सम्पन्न भएको छ । साधरण सभाको उदघाटन गैसस महासंघका केन्द्रिय उप महासचिब उमेश बिश्वकर्माले बत्ती बालेर उदघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको उप महासचिब विश्वकर्माले गैससहरुले आफनो मुल्य र मान्यतामा रहेर जनताको हितमा काम गरिरहेको बताएका छन । राज्य नपुगेको ठाउमा गैर सरकारी संस्थाहरु पुगेर जनताको समस्या तथा गुनासाहरुको सम्बोधन गरेको उनले बताए । यसैगरी चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले स्थानिय सरकारको समन्वयमा जनहितमा धेरै राम्रा कामहरु गैर सरकारी संस्थाहरुले गदै आएको बताएका छन । अझ आउदा दिनहरुमा प्रभाबकारी ढंगले जनहितका कामहरु गर्न प्रमुख प्रशासकिय अधिकृत तिवारीले सुझाब दिएका छन । यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब जनकराज पन्तले समाज सुधारमा गैर सरकारी संस्थाहरुको ठुलो भुमिका हुने बताएका छन । सरकारका अंगहरु पुग्न नसकेको ठाउमा गैर सरकारी संस्थाहरु पुगेर काम गरेको धेरै ठाउमा देखेको भोगेको समेत उपसचिब पन्तले बताएका छन ।
यस्तै गैर सरकारी संस्था महासंघका सल्लाहकार भुपेन्द्र खडका,देबकी नेपाल,पुर्व अध्यक्ष प्रमोद चौधरी,रामपुकार यादब लगायतले शुभकामना ब्यक्त गरेका थिए । गैर सरकारी संस्था महासंघ रौतहटकी कार्यवाहक अध्यक्ष कोपिला तिमलसिनाको अध्यक्षतामा सम्पन्न भएको साधरण सभामा सचिब निर्मला सुबेदीले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन भने नरेन्द्र रानाले गर्नुभएको थियो । यसैबिच २६ औ साधरण सभा र ९ औ अधिवेशनले नया कार्य समिति चयन भने गर्न सकेको छैन । सहमती नहुदा नजुटेपछि नया कार्य समिति चयन नभएको हो । सहमती नजुटेपछि तत्काललाइ निर्वाचन कार्य स्थगित गरेको र केही दिनपछि सहमती वा निर्वाचन पद्धतिबाट जिल्ला कार्य समिति चयन गर्ने निर्वाचन समितिका संयोजक दिलिप कोइरालाले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here