चन्द्रपुर,४ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ सन्तपुरमा लागेको समाचकेवा सन्तपुर मेलामा कृषि प्रर्दशनी गर्ने उत्कृष किसानलाइ पुरस्कार बितरण गर्नुभएको छ । चन्द्रपुर नगरपालिका कृषि शाखाको आयोजना र आरडिसी नेपालको सहयोगमा उत्कृष्ठ किसानहरुलाइ नगर प्रमुख काफ्लेले पुरस्कार प्रदान गर्नुभएको हो । प्रथम पुरस्कार प्राप्त गर्नेमा चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको जनएकता सामुदायिक वन उपभोक्ता समुह रहेको छ । उक्त समुहले दुना टपरी उत्पादन गरेर जलवायु परिर्वतनको कार्यमा सहयोग पुराएको भन्दै प्रथम पुरस्कारको रुपमा स्प्रे टंकी प्रदान गरिएको सहयोगी संस्था आरडिसी नेपालकी सहजकर्ता ज्योती फुयालले जानकारी दिनुभएको छ । यसैगरी दोश्रो पुरस्कार गडौला मल उत्पादन गर्ने चन्द्रपुर ४ की बाल कुमारी घिमिरेले जोख्ने मेशिन र फुलझरी प्राप्त गर्नुभएको छ भने तेश्रो पुरस्कार प्रणामी मौरी फारमले क्रेड तथा फुलझरी प्राप्त गरेको सहजकर्ता फुयालले जानकारी दिनुभयो । नेपालमा जलवायु परिर्वतन अनुकुलता तथा पैरबी परियोजना अन्र्तरगत अक्सफाम नेपालको आर्थिक सहयोगमा र आरडिसी नेपालको सहयोगमा यो पुरस्कार बितरणको कार्यक्रम आयोजना गरेको उहाले जानकारी दिनुभएको छ ।
पुरस्कार बितरण गदै नगर प्रमुख काफ्लेले यस्ता किसिमको पुरस्कारले किसानहरुलाइ आफना उत्पादन गर्न हौसला पुग्ने बताउनु भएको छ । नगरपालिकाले आफना नगर क्षेत्रको किसानहरुको आर्थिक बिकाशको लागी अन्य परियोजनाहरु पनि संचालन गरिरहेको समेत नगर प्रमुख काफ्लेले बताउनु भयो । मेलामा कृषकहरु तथा बिभिन्न समुहहरुले आ आफनो उत्पादनको प्रर्दशनी समेत गरेका छन । मेलामा राखेका उत्पादनहरु मध्ये उत्कृष्ठ ३ जनालाइ चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले पुरस्कार बितरण गर्नुभएको हो । उक्त मेलामा २४ वटा बिभिन्न समुह तथा ब्यक्तीहरुले आ आफना उत्पादनहरुको प्रर्दशनी गरेका छन ।
Home मुख्य समाचार कृषि मेलामा जन एकता सामुदायिक वनलाइ प्रथम पुरस्कार, मेयर काफ्लेद्धारा पुरस्कार प्रदान