यस्तो छ रौतहटको ३ वटा वाडमा २०७९ चुनाबी नतिजा

0
21
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

रौतहट,४ मंसिर
आउदो मंसिर १६ गते हुने उप निर्वाचनको लागी उमेदवारी दर्ता पछि रौतहटको ३ वटै वाडमा चुनाबी रौनक बढन थालेको छ । रौतहटको राजपुर नगरपालिका वाड नं. ६,ईशनाथ नगरपालिका वाड नं. ७ र गढीमाइ नगरपालिका वाड नं. ८ मा अहिले चुनाबी रन्को बढेको हो ।
यी ३ वटै वाडमा वाड अध्यक्षको निधन पछि चुनाब हुन लागेको हो । १६ गते हुने निर्वाचनमा रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा एमालेले शेख अनवारलाई उम्मेदवार बनाएको छ । यो वडाको अध्यक्षमा यसअघि एमालेकै शेख खलीउल्लाह ६८३ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ५७८ र नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएका थिए ।
रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा यसअघि नेपाली कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए । अहिले एमालेले यहाँ मो. नसिम अख्तरलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेको जनाधार कमजोर देखिएको थियो । त्यतिबेला जसपा नेपालका मोहम्मद नसिम अख्तर ४६५ मतसहित दोस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीका जिकरुलाहले ३२० र नेकपा एमालेका उदयनारायण जैसवालले २८४ मत पाएका थिए ।
अघिल्लो निर्वाचनमा एमालेको जनाधार कमजोर देखिएको अर्को स्थान रौतहटको गढीमाई नगरपालिका–८ पनि हो । यहाँ एमालेले जिउती देवी यादवलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका वैधनाथ ठाकुर लोहारले ५६१, नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९, लोसपा नेपालका इस्लाम महम्मद नटले २४१ र नेकपा एमालेका रामएकवाल ठाकुर लोहारले २९ मतमात्र पाएका थिए ।
रौतहटको ३ वटा वाडको वाडाअध्यक्ष पदको लागी ४५ जनाले उमेदवारी दर्ता गराएका छन । नेपाली कांग्रेस र नेकपा एमालेले ३ वटै वाडमा उमेदवारी दिएको छ भने । गढीमाइ ८ मा नेकपा माओबादी,रास्वपाले उमेदवारी दिएको छैन । राजपुर ६ मा नेकपा एस र रास्वपाले उमेदवार दिएको छैन । प्रभु साह नेतृत्वको आजपाले भने यसपटकको निर्वाचनमा ३ वटै वाडमा उमेदवार भेटेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here