सहकारी संस्थाले अस्वस्थ्य प्रधिस्पर्धा गर्नु हुदैन —पुर्वमन्त्री एवं प्रदेश संसद भट्टराई

0
70

चन्द्रपुर,१० मंसिर
रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य एवं मधेश प्रदेशका पुर्व उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई ‘समिर’ ले सहकारी संस्थाहरुले अस्वस्थ्य प्रधिस्पर्धा गर्न नहुने बताउनु भएको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको नब बिकाश बचत तथा ऋण सहकारी संस्थाको १७ औ स्थापना दिवशको अबसरमा प्रदेश संसद भट्टराईले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पुर्व मन्त्री भट्टराईले एउटा सहकारीको ऋण नतिर्ने ऋणीलाइ अर्को सहकारीले ऋणमा प्रतिबन्द लगाएर एकरुपता देखाउने बेला आएको बताउनु भएको छ । जनताको बचत सुरक्षित गर्ने जिम्मा पाएको सहकारीहरुले अनियन्त्रीत तथा अचल सम्पतीमा लगानी गरेको कारण त्यस्ता सहकारीहरु जोखिममा रहेको उहाको धारणा थियो । निति,बिधि र बिधान अनुसार चलेका सहकारी संस्थाहरुमा कुनै पनि किसिमको जोखिम नरहेको संसद भट्टराईले प्रष्ट पार्नुभएको छ । मधेश प्रदेशमा सहकारी ऐन बन्ने क्रममा रहेको हुदा सल्लाह र सुझाब दिन समेत प्रदेश संसद भट्टराईले आग्रह गर्नुभयो ।
यसैगरी रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु कुमार पोखरेलले रौहतटमा सहकारी संस्थाको अबस्था बारे प्रकाश पार्नुभएको थियो । बिधि र बिधान अनुसार संचालन नभएका सहकारीहरु मात्रै जोखिममा रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ । जुन संस्थाका संचालकहरुले सहकारीको मर्म र धर्म बुझेको हुन्छन त्यस्ता सहकारीमा कुनै समस्या नभएको अध्यक्ष पोखरेलले बताउनुभएको छ ।
त्यस्तै चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले चन्द्रपुर नगर क्षेत्रमा सहकारीको बारेमा चर्चा गर्नुभएको थियो । चन्द्रपुरमा सहकारीको भाबना बिपरित संचालन भएका सहकारीहरु जोखिममा रहेको उहाले बताउनु भएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसीले सहकारी बिधिन बिधान संबत चल्नु पर्ने धारणा राख्नुभएको थियो ।
संस्थाको १७ औ स्थापना दिवशको कार्यक्रममा वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. ७ का वाड अध्यक्ष बिष्णु प्रसाद उप्रेती,स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना,सफल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देबकी नेपाल,बिन्दबासी साकोसका अध्यक्ष गोबिन्द कोइराला,चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बासु अधिकारी,मुलघर कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र चौलागाई,चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष दुर्गा आचार्य,उन्तशिल महिला साकोसकी अध्यक्ष सुभद्रा नेपाल,राष्ट्रिय सहकारी बैक चपुर शाखाकी प्रमुख रुपा थापा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
स्थापना दिवशको अबसर पारेर नब बिकाश बचत तथा ऋण सहकारी संस्थाले छात्रबृती कोष समेत स्थापना गरेको छ । संस्थाका सल्लाहकार दुर्गा प्रसाद चिमोरियाले ५० हजार,संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाईले २० हजार सो कोषमा जम्मा गर्ने उदघोष गर्नुभएको छ ।
यसैबिच नव बिकाश साकोसले आफना शेयर सदस्यहरुको हितको लागी चन्द्रनिगाहपुरमा रहेको सिम्म अस्पताल संग बिशेष छुट सहितको उपचारको लागी आजै नै सम्झौता गरेको संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाईले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका अध्यक्ष श्रीकृष्ण अधिकारी,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि,समाजसेवी बिनोद गुप्ता,संस्थाका संस्थापक अध्यक्ष खडग बहादुर तामाङ,पुर्व अध्यक्ष सुबोल काफ्ले,देब बहादुर सापकोटा,सल्लाहकार डा. शालिग्राम शर्मा,संचारकर्मी,संस्थाका संचालक,उप समिति सदस्यहरु,शेयरधनीहरु लगायतको उपस्थीती रहेको थियो ।
यसैगरी संस्थाका संस्थापक अध्यक्ष खडग बहादुर तामाङ तथा संस्थापकहरु लगायतले केक काटनुभएको थियो ।संस्थाका अध्यक्ष राजेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री भट्टराईले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो । संस्थाकी उपाध्यक्ष बिमला देबी ढकालले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिब दिनेश मैनालीले संचालन गर्नुभएको थियो ।
यसैबिच सोही स्थापना दिवशको अबसर पारेर रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । चन्द्रपुर अस्पताल प्रालिको प्राबिधिक सहयोग,नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उशाखाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ७ जना शेयर सदस्यले रक्तदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here