चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजी गर्न सुचना जारी

0
211

चन्द्रपुर,१० मंसिर
रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय अवस्थामा रहेका सहकारी खारेजको लागी नगरपालिकाको सहकारी शाखाले सुचना प्रकाशन गरेको छ ।
सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा (१) , (२) (३, (४ , (५) र (७) तथा दफा ६७ उपदफा (१) , (२) बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र संस्थाको दर्ता प्रमाणपत्र , सक्कल पान प्रमाणपत्र , पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी ,पछिल्लो साधारण सभा भेलाको छाँयाकपी लगायतका आवश्यक कागजात सहित चन्द्रपुर नगरपालिका सहकारी शाखामा सम्पर्क शाखाका प्रमुख शेख नसरे आलमले आग्रह गर्नुभएको छ । उक्त समय सीमा भित्र सम्पर्क गर्न नसक्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगी संस्था दर्ता खारेज तथा विघटन गरिने समेत सो सुचनामा जनाइएको छ । दर्ता खारेज हुनेहरुमा चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्था लि.चन्द्रपुर ०४,छहारी समाज कृषि सहकारी संस्था लि.चन्द्रपुर ०४,कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था लि.चन्द्रपुर ०५,देवी कृषि सहकारी संस्था लि.चन्द्रपुर ०४,सक्षम कृषि सहकारी संस्था लि.चन्द्रपुर ०४ , अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ०४,चाँदी स्वास्थ्य सहकारी संस्था लि.चन्द्रपुर ०४ रहेको सो सुचनामा जनाइएको छ । यसैगरी सयपत्री बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ०४ ,सिद्धार्थ कृषि सहकारी संस्था लि.चन्द्रपुर १० , परिजात साथी कृषि सहकारी संस्था लि.चन्द्रपुर ०१ , कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि.चन्द्रपुर ०२ ,सगुन कृषि सहकारी संस्था लि.चन्द्रपुर ०२ ,नुनथर कृषि सहकारी संस्था लि. चन्द्रपुर ०२,आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.चन्द्रपुर ०४,डुमरिया महिला कृषि सहकारी संस्था लि.चन्द्रपुर ०९ , शिवशक्ति कृषि सहकारी संस्था लि.चन्द्रपुर १०,गढीमाई कृषि सहकारी संस्था लि.चन्द्रपुर ०९,रामायण कृषि सहकारी संस्था लि. चन्द्रपुर ०९ समेत खारेजीको प्रक्रियामा रहेको सहकारी शाखा प्रमुख आलमले जानकारी दिनुभएको छ ।
त्यस्तै कलश बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रपुर ०९,शिव बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर १०,श्रमजीवि कृषि सहकारी संस्था लि.चन्द्रपुर ०९ ,गोधुली कृषि सहकारी संस्था लि. चन्द्रपुर ०८ , आशिक कृषि सहकारी संस्था लि चन्द्रपुर ०८,वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था लि.चन्द्रपुर ०८ , र नुनथर सुचना तथा संचार सहकारी संस्था लि.चन्द्रपुर ०४ गरेर २५ वटा सहकारी संस्थाहरुको खारेजीको लागी नाम प्रकाशन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here