चन्द्रपुर,१३ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जनज्योति नमुना मा. बि. चन्द्रनिगाहपुरमा सरस्वती मन्दिरको शिलान्यास भएको छ । रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले एक कार्यक्रमका बिच बिहीबार मन्दिरको शिलान्यास गर्नुभएको हो ।
आस्था र विस्वासको तथा बिद्याको खानी सरस्वती माताको मन्दिरको शिलान्यास गर्न पाउदा मन हर्षित भएको संघिय संसद तिमलसिनाले बताउनुभएको छ ।
मन्दिरको निमार्ण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न संसद तिमलसिनाले ब्यबस्थापन समितिलाइ आग्रह गर्नुभएको छ । मन्दिर शिलान्यास कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष देबराज कार्की, नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरी,चन्द्रपुर नगरपालिकाको कार्यपालिका सदस्य नेत्र कुश्वार,तरुण दलका जिल्ला सभापति सोबित सिलवाल जन ज्योति बहुमुखी क्याम्पसका सभापति संगम श्रेष्ठ,नेपाल बिद्यार्थी संघ रौतहटका उपसभापति प्रहलाद मैनाली, चन्द्रपुर नगरपालिकाका इन्जिनियर भरत श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।
मन्दिरमा लाग्ने सरस्वतीको मुर्ति सोही बिद्यालयबाट २०४६ साल र २०४७ सालको एसएलसी ब्याजका पुर्व बिद्यार्थीहरुले सहयोग गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले जानकारी दिनुभयो । मन्दिरको निमार्ण दु्रतगतिमा गरिने अध्यक्ष लामिछानेले बताउनु भयो ।
बिद्यालयमा ब्यबस्थीत मन्दिरको अति आवश्यक भएको अबस्थामा मन्दिर निमार्ण शुरु हुनु सुखद भएको सोही बिद्यालयका प्राचार्य देब नारायण हुमागाईले बताउनुभएको छ ।