रौतहटमा ७३.२३ प्रतिशत मतदान कुन वाडमा कति मत झरे ?

0
195

चन्द्रपुर,१६ मंसिर
आज रौतहटको ३ वटा वाडमा भएको उप निर्वाचन शान्ति तथा उत्साहपुर्वक सम्पन्न भएको छ । रौतहटको ईशनाथ नपा ७,राजपुर नपा ६ र गढीमाइ नपा ८ मा शान्तिपुर्वक निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ ।
आज सम्पन्न उप निर्वाचनमा रौतहटमा ७३.३७ प्रतिशत मतदान भएको दासले जानकारी दिनुभयो । ३ वटै वाडमा ८ हजार ४ मतदाता रहेकोमा ५ हजार ८ सय ६२ जनाले मतदान गरेको उहाले जानकारी दिनुभएको छ । सबैभन्दा बढी गढीमाइ ८ मा ८१.३१ प्रतिशत मत झरेको छ ।
गढीमाई ८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ जनाले मतदान गरेका थिए ।
यसैगरी इशनाथ ७ मा २ हजार ७ सय ७ मतदाता रहेकोमा १ हजार ८ सय ७० जनाले मतदान गरेको जहा ६९.०८ प्रतिशत मत झरेको दासले बताउनुभयो । यसैगरी राजपुर ६ मा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ जनाले मतदान गरेको जहा ६९.३६ प्रतिशत मत झरेको थियो । रौतहटको ३ वटै वाडमा आजै रातीबाट मतगणना हुने कार्यालय प्रमुख दासले जानकारी दिनुभएको छ ।
रौतहटको ३ वटा वाडमा आध्यक्ष पदको लागी ४५ जनाले आज उमेदवारी दर्ता गरेका थिए । रौतहटको गढीमाइ नगरपालिका वाड नं. ८ को वाड अध्यक्ष पदमा १६ जना,राजपुर नगरपालिका वाड नं. ६ मा १४ जनाले र इशनाथ नगरपालिका वाड नं. ७ मा १५ जनाले वाड अध्यक्ष पदको लागी उमेदवारी दर्ता गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here