वन कर्मचारीले दुःख दिए मलाइ तुरुन्त खबर गर्नुस— डिभिजन वन प्रमुख साह

0
145

चन्द्रपुर,१५ पुष
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले वन कर्मचारीले कुनै किसिमको दुःख दिए तुरुन्त आफुलाइ खबर गर्न आग्रह गरेका छन । सोमबार डिभिजन वन कार्यालय रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिका वाड नं. २ मा पौराइ—जुडिबेला सव डिभिजन वन कार्यालयको योजना तर्जुमा गोष्ठीमा डिभिजन वन प्रमुख साहले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको रौतहट डिभिजन वन प्रमुख साहले सामुदायिक वन क्षेत्रको सकारात्मक कार्यको लागी कुनै कर्मचारीले अटेर गरे वा काममा आलटाल गरे आफै आएर सहयोग गर्ने समेत बताउनु भएको छ । हामी कर्मचारी तपाइहरुकै सेवक भएको हुदा कर्मचारीले आलटाल गरेर काम टार्ने कोशिन नगर्न समेत उहाले मातहतका कर्मचारीले निर्देशन दिनुभएको छ । सामुदायिक वन उपभोक्ता समुहहरुको मन जितेर काम गर्न समेत उहाले कर्मचारीले निर्देशन दिनुभएको छ । म जतिदिन बस्छु राम्रो गरेर नै बस्छु ,गलत नियत लिएर कार्यालयमा आउनेको कुनै किसिमको काम नगर्ने समेत उहाले बताउनुभएको छ । सामुदायिक वनका अध्यक्षहरुलाइ लक्षित गदै डिएफओ साहले तपाइहरु सामुदायिक वनको अध्यक्ष बनेर काम गराउनु आउनुहुन्छ भने म आफै अघि सरेर काम गर्छु तर घरको अध्यक्ष बनेर आउनु भयो भने कुनै पनि काम गर्न नसकिने उहाले प्रष्ट पार्नुभएको छ ।
कार्यक्रममा ब्यबस्थापन शाखाका प्रमुख राम गणेश साहले सामुदायिक वनहरुले समुह तथा समाजको हित हुनेखालको योजना बनाउन आग्रह गर्नुभएको छ । गोष्ठिमा डिभिजन वन कार्यालय रौतहटको योजना शाखाकी प्रमुख महालक्ष्मी शर्माले बिगतका योजना र आउने योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।
गैडाटार सव डिभिजन वन कार्यालयकी प्रमुख लक्ष्मी कर्णले संचालन गर्नुभएको कार्यक्रममा पौराइ —जुडिबेला सव डिभिजन कार्यालयका प्रमुख सुवास साहले स्वागत मनतब्य राख्नुभएको थियो ।
उक्त गोष्ठीमा सखुवानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर केसी,हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धन बहादुर प्रसाई,चन्द्रज्योती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सन्तलाल कुश्वार,बागमती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गणेश राउत लगायत सो सव डिभिजन वन अन्र्तरगत २२ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको उपस्थीती रहेको थियो । रौतहटको बिभिन्न ८ वटा सव डिभिजन वन कार्यालयमा योजना तर्जुमा गोष्ठी संचालन हुने योजना शाखा प्रमुख महालक्ष्मी शर्माले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here