नव बिकाश र चन्द्रोदय साकोसका कर्मचारीलाइ क्षमता अभिबृद्धि तालिम

0
273

चन्द्रपुर,१५ पुस
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरमा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारीलाई एकदिने क्षमता अभिबृद्धि तालिम दिइएको छ । सोमबार बिहान शुरु भएको तालिम साझ सम्पन्न भएको थियो । उदघाटन सत्र कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिब देब बहादुर सापकोटाले आफनो क्षमता अभिबृद्धिको लागी कर्मचारी आफैले चासो दिनुपर्ने बताउनुभएको छ । सहकारी संस्था संचालनको मुख्य पाटो नै कर्मचारी भएको हुदा कर्मचारी यस सम्बन्धी बिज्ञता प्राप्त गर्नुपर्ने महासचिब सापकोटाले बताउनुभएको छ । महासचिब सापकोटाले ब्यानर पढेर तालिमको उदघाटन गर्नुभएको थियो । यसैगरी नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरका अध्यक्ष राजेन्द्र तिवारीले तालिमको शुभकामना दिदै कर्मचारीको क्षमता अभिबृद्धिको लागी यस्ता किसिमको तालिमको अति नै महत्व रहेको बताउनुभएको छ ।
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त आचार्यले कर्मचारीहरुले नजानेका कुराहरु तालिममा सक्रिय भएर बुझनु र सुन्नु पर्ने बताउनु भएएको छ । अध्यक्ष आचार्यकै अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नव बिकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
सो तालिमलाइ नेफ्स्कुनका पुर्व केन्द्रिय कोषाध्यक्ष तथा सहकारीको बितिय सम्बन्धी बिज्ञ केशब पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।नव बिकाश बचत तथा ऋण सहकारी संस्थाका सचिब दिनेश मैनालीले संचालन गर्नुभएको कार्यक्रममा नव बिकाश साकोसका उपाध्यक्ष बिमला ढकाल,चन्द्रोदय साकोसका उपाध्यक्ष रामशरण गौतम,नव बिकाश साकोसका सहसचिब रमेश तिमलसिना,नव बिकाश साकोसका कोषाध्यक्ष कुलशेखर पहाडी,चन्द्रोदय साकोसका कोषाध्यक्ष प्रहलाद रामुधाम लगायतको सहभागिता रहेको थियो । तालिममा नव बिकाश साकोसका १० जना र चन्द्रोदय साकोसका ९ जना गरी १९ जना कर्मचारी सहभागि रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here