चन्द्रपुर,२५ पुस
नेकपा एमालेको भातृ संगठन रिर्टर्नी फेडेरेशन नेपालको रौतहट दोश्रो जिल्ला अधिवेशन बुधबार गरुडामा सम्पन्न भएको छ । फेडेरेशनको अधिवेशनले सुनिल कुमार कुशवाहाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । समितिको उपाध्यक्षमा बद्री बहादुर कार्की,सचिबमा शान्ति प्रसाद देबकोटा,सहसचिबमा अमोद कुमार सहनी र कोषाध्यक्षमा रामदेब ठाकुर चयन भएको रिर्टर्नी फेडेरेशनका केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज खेम कार्कीले जानकारी दिनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा छबिलाल कार्की,हरी बहादुर बिक,शम्भु महतो,ब्रहमदेब महतो लगायत चयन भएको केन्द्रिय सचिब कार्कीले जानकारी दिनुभएको छ ।
सोही अधिवेशको उदघाटन सत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले अहिले रिर्टर्नी फेडेरेशन पार्टीको भरपर्दो भातृसंगठनको रुपमा बिकाश भएको बताउनु भएको छ । बिदेशबाट फर्किएर आएका साथीहरुलाइ संगठित गर्ने कार्य र देशमै स्वरोजगारको लागी पहल गर्ने नेकपा एमाले नै भएको हुदा फेडेरेशनमा साथिहरुको सक्रियता बढेको केन्द्रिय सदस्य रेग्मीले बताउनु भएको छ ।
यसैगरी सोही कार्यक्रममा रिर्टर्नी फेडेरेशन नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथि रामकृष्ण घिमिरेले बिदेशमा समस्यामा परेका साथिहरुको सहयोग फेडेरेशनले नै गरिरहेको बताउनु भएको छ । बिदेशमा समस्यामा परेका साथीहरुलाइ नेपाल झिकाउने र नेपालमै बिभिन्न तालिम दिएर स्वरोजगार बनाउने काम अहिले फेडेरेशनले गरिरहेको उपाध्यक्ष घिमिरेले बताउनु भएको छ ।
यसैगरी नेकपा एमाले रौतहट जिल्ला कमिटिका अध्यक्ष सचितानन्द साहले रिर्टर्नी फेडेरेशनका साथीहरुलाइ आपत परेको बेला जुनसुकै समय सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष रुपेश पटेल,सचिब बाबुराम दाहाल,प्रतिनिधि सभा सदस्य बिना देबी साह,रिर्टनी फेडेरेशनका केन्द्रिय सचिब खेम कार्की,गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल,नेकपा एमाले मधेश प्रदेश सदस्य अंशु सिंह,बाल बिक्रम कार्की,नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।