मजदुर संगठन रौतहटको अध्यक्षमा बस्नेत निर्विरोध

0
215

चन्द्रपुर,२४ पुस
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रौतहटको आठौ अधिवेशन रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिबेशनबाट संगठनको रौतहट अध्यक्षमा विनोद कुमार बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्य कार्यसमिति पनि गरेको छ । कार्यसमितिको उपाध्यक्षमा ममताज खान, सचिबमा मनोज बिक,सहसचिबमा विजय चौधरी,कोषाध्यक्षमा घनश्याम प्रसाद गुप्ता र सदस्यहरुमा शारदा विश्वकर्मा , तुलसी नारायण, उमेश राउत कुर्मी, विकाउ बैठा, धनबहादुर घिसिङ र अर्जुन बिक चयन हुनुभएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशका उपाध्यक्ष राम कुमार कटुवालले जानकारी दिनुभएको छ । त्यसैगरी समितिको सल्लाहकार समितिमा टिकाबहादुर कार्की , केदार बहादुर कार्की र भीमबहादुर रसाइली रहनुभएको उपाध्यक्ष कटुवालले जानकारी दिनुभएको छ ।
अधिवेशनमा जिफन्डका केन्द्रीय सचिब तारानिधि पन्त,नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राई,महासचिब केशव थापा,मधेस प्रदेश उपाध्यक्ष रामकुमार कटुवाल,सचिब मनोज झा,चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी, रौतहट टक यातायात ब्यबसायी सघका सचिब ईन्द्र उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here