गौर,२९ पुस
रौतहटको सदरमुकाम गौरमा रहेको लुम्बिनी विकास बैँक लिमिटेड शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको राजपुर नगरपालिकाको बैरियामाअवस्थित जामिया जुबैरिया गल्र्स स्कुलमा अध्ययनरत करिव ६०० छात्रा हरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।बैंकले बिद्यालय को वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर हस्तान्तरण गरेको थियो । बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले बिद्यालय ब्यवस्थापन समिति को अध्यक्ष रियाजुल हकलाई हस्तान्तरण हस्तान्तरण गर्नुभएको थियो। उक्त कार्यक्रम मा बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी , बिद्यालयका प्रधानध्यापक , समाज का बौधिक व्यक्तित्व, अभिभावक लगायत शिक्षक शिक्षिकाहरु बिद्यालयमा अध्ययनरत छात्राहरु लगायत बैंकको सहायक शाखा प्रमुख प्रविण कुमार सिंह को सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति को अध्यक्ष रियाजुल हकले बिद्यालय को आग्रहलाई सहर्ष स्वीकार गरि गरिएको सहयोग प्रती आभर प्रकट गर्नु भयो ।त्यस्तै बिद्यालयको प्रध्यानाध्यापकले छात्रा हरुको स्वास्थ्यलाई ख्याल मा राखी सेनीटरी प्याड भेन्डिङ मेसिन जडान गरेर सर्हानिय कार्य गरेको जस्ले गर्दा महिनावारी को समयमा छात्रा हरुको अनुपस्थित हुने समस्या केही हद सम्म कम हुने कुरामा जोड दिदै लुम्बिनी विकास बैङ्कलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै बैंकका शाखा प्रमुख सुबोध कोइरालाले बैंकले आर्थिक मात्र नभै सामाजिक कार्य पनि गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको र आगामी दिनमा पनि यस्ता किसिमका सामजिक कार्य गर्दै जाने कुरा बताउनु भयो । लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।