चन्द्रपुर,३ माघ
रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शैया अस्पतालको लागि नया भबन निर्माणको लागि आज शिलान्यास गरिएको छ । उक्त भवनको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफले, उपप्रमुख जयमाला चौधरी र वडा नम्बर ५ का अध्यक्ष नीलहरी कोईरालाले संयुक्त रुपमा गर्नु भएको थियो ।
भवनको शिलान्यास गदै नगर प्रमुख काफ्लेले अब चन्द्रनिगाहपुरमा सुबिधा सम्पन्न अस्पतालको भवन निमार्ण हुने बताउनु भएको छ । समय अबधि भित्र नै भवन निमार्ण कार्य सम्पन्न हुने समेत नगर प्रमुख काफ्लेले प्रतिबद्धता गर्नुभएको छ ।
चन्द्रपुर नगरपालिका वडानम्बर ५ स्थीत शन्तानेश्वर महादेब मंन्दिर पछाडी रहेको जमिनमा अस्पताल बन्ने भएको हो । संघिय सरकारको बजेट र चन्द्रपुर नगरपालिकाको बजेट बाट निर्माण सम्पन्न गर्ने गरी यस आर्थीक बर्षको लागि भबन निर्माणको लागि साहु कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा सकार गरेको हो । तीन बर्ष भित्र पुरा गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ । अन्डरग्राउण्ड पार्किङ्ग सहित सुबिधा सम्पन्नको अस्पताल भबन निर्माण गरिने भएको हो । बजेट अनुसार ठेक्का लगाउदै जाने नगरपालिकाले जनाएको छ । भबन निर्माणको शिलान्यास चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी,वाड अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु लगायत स्थानिय भद्रभलादमी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
Home मुख्य समाचार नगर प्रमुख काफ्लेद्धारा चन्द्रनिगाहपुरमा सुबिधा सम्पन्न १५ शैयाको नगर अस्पतालको भवन शिलान्यास