रौतहट,२९ माघ
नेकपा एमालेका उपमहासचिब प्रदिप ज्ञवालीले भुमीहिन किसानहरुको समस्या समाधानको लागी भुमी सम्बन्धी अध्यादेश ल्याएको बताएका छन । मंगलबार रौतहटको गरुडामा नेकपा एमाले रौतहट जिल्ला कमिटिद्धारा आयोजित वडा केन्द्रित ३ महिने अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उपमहासचिब ज्ञवालीले यस्तो बताएका हुन । यो सरकारले भुमिहिन किसानहरुको समस्या समाधान गर्नको लागी ल्याइएको अध्यादेशको बिरोध गर्नेहरुले अध्यादेशको नभएर भुमिहिन किसानहरुको बिरोध गरेको ज्ञवालीको भनाइ थियो । देशमा अहिले ४ लाख भुमिहिन किसानहरु रहेको र १० लाख अब्यबस्थीत बसोबास रहेको जानकारी दिदै उपमहासचिब ज्ञवालीले यो अध्यादेशको बिरोध गर्नु राम्रो नभएको बताएका छन ।
उपमहासचिब ज्ञवाललीले भने ‘मधेशको बिकाश गर्ने भिजन नेकपा एमाले पार्टीमा मात्रै रहेको र मधेशको बिकाश पनि एमालेले नै गर्ने छ’। ‘मधेश आन्दोलन त केबल सत्तामा पुग्नको लागी मात्रै हो’ ।
सुनकोशी —मरिण ड्राइर्सन निमार्ण सम्पन्न भएपछि मधेशको करिब १ लाख ८२ हजार बिगाह जमिन सिंचित गर्ने योजना पनि नेकपा एमाले नै ल्याएको जुन अन्तिम चरणमा काम भइरहेको समेत उनले बताएका छन । यस्तै हुलाकी राजमार्ग,रेल मार्ग लगायत मधेशको बिकाशको योजना नेकपा एमालेले नै ल्याएको उनले बताएका छन ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ज्ञवालीले अब पार्टी आन्तरीक रुपमा एकताबद्ध भएर बढन अगाडी बढन समेत आग्रह गरेका छन । एमालेमा योग्य नेताहरुको अभाब रहेको अबस्थामा अस्वस्थ्य प्रधिस्पर्धा गर्नुपर्ने कुनै ठाउ नभएको समेत उपमहासचिब ज्ञवालीले बताए ।
यसैगरी पार्टीका स्थायी कमिटि सदस्य काशि अधिकारीले अब ब्यबस्थीत ढंगले पार्टी संचालन गर्नुपर्ने धारणा राखेका छन । पार्टीले गरेको निर्णयबाट पछाडी नहटने र डटेर अगाडी बढन समेत अधिकारीले आग्रह गरेका छन । यस्तै नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिला श्रेष्ठले अब पार्टी कामको मुल्याङकनको आधारमा अगाडी बढने बताए । नाताबादी र कृपाबादबाट अब पार्टी नचल्ने बताउदै इन्चार्ज श्रेष्ठले जनसंगठनहरुले पार्टी संग समन्वय गरेर मात्रै अगाडी बढनुपर्ने धारणा राखेका थिए । अभिमुखिकरण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता,केन्द्रिय सदस्य उद्धब रेग्मी लगायतले धारणा राखेका थिए । नेकपा एमाले जिल्ला कमिटि रौतहटका अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब बाबुराम दाहालले गरेका थिए ।
Home मुख्य समाचार भुमीहिन किसानहरुको समस्या समाधानको लागी भुमी सम्बन्धी अध्यादेश ल्याइएको हो—एमाले उपमहासचिब ज्ञवाली