मुनलाईट एकेडेमी चन्द्रनिगाहपुरको २१ औ खेल सप्ताह शुरु

0
150

चन्द्रपुर,२३ माघ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ चन्द्रनिगाहपुरमा रहेको मुनलाइट एकेडेमीको २१ औ खेल सप्ताह बुधबारबाट शुरु भएको छ । बिद्यालय प्रागंणमा आयोजित खेल सप्ताहको उदघाटन चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइरालाले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वाड अध्यक्ष कोइरालाले बिद्यार्थीको शारिरिक बिकाशको लागी खेल महत्वपुर्ण रहेको बताउनु भएको थियो । स्वस्थ्य रहन तथा समाजिक बिकाशको लागी पनि खेलको अति नै महत्व भएको हुदा खेलजगतबाट समाजमा पहिचान बनाउन सकिने समेत वाड अध्यक्ष कोइरालाले बताउनु भएको छ । खेलको कारण नै स्वरोगजार बनेको धेरै उदाहरणहरु रहेको बताउदै खेल बिद्यार्थीहरुको लागी अपरिहार्य रहेको भनाइ राख्नु भएको थियो ।
यसैगरी चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसीले खेल जिवनको लागी अपरिहार्य भएको बताउनु भएको छ । खेल जगतको जति बिकाश हुनुपर्ने हो सो नभएको र त्यसको लागी आफु सहयोग गर्न तत्पर रहेको समेत वाड अध्यक्ष केसीले बताउनु भएको छ ।
यसैगरी रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी,महासचिब मधुसुदन धिताल,सोही बिद्यालयका संचालक तथा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु कुमार पोखरेलले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
बिद्यालयका प्रचार्य श्याम किशोर चौधरीको अध्यक्षतामा सम्पन्न भएको खेल सप्ताहको उदघाटन सत्रमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राई,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लोकेन्द्र अधिकारी,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की,पत्रकार बाल बिक्रम कार्की,अशोक पहाडी,राकेश यादब,सन्तोष काफ्ले,रेडियो गुन्जन संचालक समितिका उपाध्यक्ष अबधेशहरी भट्टराई,बिद्यालयका संचालक नबराज अधिकारी ,स्कुल कोअर्डिनेटर हरी कोइराला,लेखा प्रमुख संगम घिमिरे,शिक्षक,शिक्षिका,कर्मचारी,बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बिद्यालयका एजुकेशन डाइरेक्टर दिपक घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा बिद्यार्थीहरुले नृत्य प्रर्दशन समेत गरेका थियो । खेलको पहिलो दिन अतिथिहरुले भलिबल खेलेर खेल सप्ताहको शुरुवात गरिएको प्रचार्य चौधरीले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here