चन्द्रपुर एकेडेमीको दोश्रो अभिभाबक दिवश भब्य रुपमा सम्पन्न

0
272

चन्द्रपुर,८ फागुण
रौतहटको चन्द्रनिगाहपुरमा संचालित चन्द्रपुर एकेडेमीले आफनो दोश्रो अभिभाबक भेला भब्य रुपमा सम्पन्न गरेको छ । बुधबार गोल्डेन ब्याकेटमा अभिभाबक दिवशको उदघाटन मधेस प्रदेश सरकारका पूर्व मन्त्री एवं मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले गर्नुभएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको भट्टराईले गलत तथ्याङ्क सङ्कलन गरेर रौतहटलाई शिक्षामा ७७ आंै जिल्लामा देखाइएको बताउनु भएको छ । भट्टराईले रौतहट जिल्ला नेपालकै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको जिल्ला भएकाले यहाँ मदरसामा अध्ययन गर्ने विद्यार्थीहरू पनि धेरै रहेका उल्लेख गर्दै मदरसा शिक्षालाई नेपाल सरकारले औपचारिक शिक्षा नमानेकाले जनगणनामा रौतहट शिक्षामा पछाडि देखिएको बताउनु भएको हो ।
‘मधेस प्रदेशमा सबैभन्दा धेरै बाहुल्यता भएको जिल्ला रौतहट हो । मुस्लिमहरू धेरै मदरसामा पढछन् । हाम्रो शिक्षा नीतिले मदरसा शिक्षा चिन्दैन्’ भट्टराईल भन्नु भयो, ‘यही तथ्याङकलाई आधार मानेर रौतहटलाई ७७ स्थानमा राखिएको छ । यो विषयलाई ठिक ढंगले जनप्रतिनिधिहरूले बहस गर्न जरुरी छ । कि मदरसा शिक्षालाई राज्यले शिक्षा नीतिभित्र ल्याउनुपर्यो र त्यहाँ पनि अहिलेको पाठ्यक्रम पढाउनुपर्यो ।’ उहाँले बताउनु भयो । रौतहट मात्रै नभएर देशैभर यही गलत तथ्याङ्कलाई आधार मानेर आम मानिसमा यहाँका जनप्रतिनिधिहरू खतम , शिक्षामा लाग्ने मान्छेहरु पनि खत्तम भन्ने खालको एउटा भाष्य बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पुर्वमन्त्री भट्टराईले यसमा राज्य गम्भिर हुनुपर्ने माग गर्नुभयो ।
नेपाल सरकार र तथा निजी क्षेत्रले लिएका छात्रवृत्तिको परीक्षामा सबैभन्दा धेरै नाम रौतहटका विद्यार्थीहरुले निकाल्न सफल भएका उदारहण दिदैं उहाले देशैभर डाक्टर धेरै रौतहटका , इन्जिनियर धेरै रौतहटका, शिक्षक धेरै रौतहटका हुने तर भएपनि शिक्षामा सबैभन्दा पछाडि कसरी हुने ? उहाले प्रश्न गर्नु भयो ।
अर्को एक प्रसङ्गमा भट्टराईले हामीले एकअर्काको आलोचना गरेर समय खेर फाल्नु भन्दा अरुको भन्दा म राम्रो गर्छु भन्ने भावना राख्नुपर्नेमा जोड दिनुभएको छ । ‘अहिले हाम्रो देश बन्दैछ राम्रो हुँदैछ हामीले हाम्रो देशलाई सिङ्गापुर , अमेरिका होइन नेपाल बनाउनु पर्छ । प्रकृतिको सुन्दर देशलाई विश्वको उत्कृष्ट देश नेपाल बनाउँछु भन्नुपर्छ ।’ उहाको भनाई छ, हामीले अरुको नक्कल गर्नुभन्दा आफ्नो मौलिकतामा जोड दिनुपर्ने र मौलिक ढङ्गले देशको विकासमा लाग्नुपर्छ र चन्द्रपुर नगरपालिकाले पनि स्थानीय पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई स्थानीय संस्कार संस्कृति र पहिचानको बारेमा जानकारी दिनुपर्ने ।’ भट्टराईको धारणा छ ।
उक्त अभिभाबक भेलामा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वडा अध्यक्ष सहदेब केसि, शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल,रौतहट बचत संघका अध्यक्ष बिभु पोखरेल, चन्द्रपुर अस्पतालका सुवास चौधरी, हाइवे ट्रमाका नवीन सिंह,भुपु प्रहरी संगठन मधेस प्रदेश उपाध्यक्ष तथा चन्द्रोदय साकोस उपाध्यक्ष रामशरण गौतम,वडा न ८ का वडा सदस्य तथा निमित्त वडा अध्यक्ष द्वारिका ढुंगाना, युवा समाजसेवी श्यामहरि चौलागाईं लगायतले शुभकामना दिनुभएको थियो । बिद्यालयका संचालक समितिका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा ५ सय भन्दा बढी अभिभाबकहरुको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here