स्थानिय तहका जनप्रतिनिधिको समन्वयमा कर्मचारीको ब्यबस्थापन गरेका छौ — मन्त्री गुप्ता

0
213

फागुन १० गते
नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानिय तहहरुमा जनप्रतिनिधिहरुको समन्वय र सहकार्यमा कर्मचारीहरुको ब्यबस्थापन गरिएको बताएका छन । जनताको नजिकको सरकारको रुपमा स्थानिय सरकार भएको हुदा जनताको समस्या समाधान गर्ने लक्ष्यको साथ मन्त्रालयले कर्मचारीको ब्यबस्थापन गदै आएको मन्त्री गुप्ताले बताए । मन्त्री गुप्ताले बर्तमान सरकार देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गरिएको समेत बताए ।शनिबार संचारकर्मी संग कुरा गदै मन्त्री गुप्ताले बर्तमान सरकार देशमा सुशासन कायम गर्न लागिपरेको दाबी गरेका हुन् ।मन्त्री गुप्ताले देशमा हरेक स्थानीय तहमा सुसाशन कायम तथा बिकास निर्माणमा गति प्रदानका लागि स्थानीय तहको जनप्रतिनिधिको सुझाव र समन्वयमा कर्मचारी पठाई जनताको सेवा र पालिकाको बिकासमा दायाँबायाँ नगरि अहोरात्र खट्न निर्देशन दिने काम गरिरहेको बताए ।कुनै दायाँबायाँ नगरि जनतालाई सेवा दिन ,खटाएको स्थानीय तहको बिकास बारे सोच्न कर्मचारीलाई स्पष्ट निर्देशन सहित पठाएको छु ,सबैलाई सम्झाएको छु ।कहि –कतैका कर्मचारीले गल्ति गरे कारबाही बाट जोगिने कुरा हुन्न मन्त्री गुप्ताको भनाई छ। गुप्ताले आफु भ्रष्टाचार र अनियमितताको पक्षमा नरहेको र कसैले गरे सह्य नहुने आफ्नो धारण रहेको बताए। मन्त्री गुप्ताले तत्काल कर्मचारी समायोजनको झमेला र विभिन्न कानुनी अडचनले गर्दा विभिन्न स्थानीय तहमा निमित पठाउन बिबस छौ ,केहि अप्ठ्यारो छ ।केहि दिन मै सब सिस्टममा आउने बताए । हामीले छिट्टै सङ्घीय निजामती ऐन ल्याउँछौँ । स्थानीय तह र प्रदेशका कर्मचारीको ‘अप्ठ्यारो’ मलाई थाहा छ । उदाहरणका लागि रौतहट जिल्लामा घर–व्यवहार भएका मानिस कर्णाली खटाइएको छ । यस्ता समस्या स्थायी रुपमा समाधान गर्न प्रयास गर्छौँ । उहाँहरूलाई अपायक ठाउँमा खटाइएको छ । यसलाई पनि व्यवस्थित गर्ने प्रयासमा मन्त्रालय छ गुप्ताले स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here