चार्जिङ स्टेशन सहितको सुबिधा सम्पन्न टेकान बसपार्कको उदघाटन

0
200

चन्द्रपुर,१६ फागुण
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं.४ टेकानटोलमा रहेको चार्जिङ स्टेशन सहितको सुबिधा सम्पन्न बसपार्क अब संचालनमा आउने भएको छ । उक्त बसपार्कको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले शुक्रबार उदघाटन गर्नुभएको छ । सुबिधा सम्पन्न बसपार्कको उदघाटन गदै नगर प्रमुख काफ्लेले केही दिनभित्र नै बसपार्क संचालनमा आउने जानकारी दिनुभएको छ । यसैबिच सोही कार्यक्रमा संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं। २,३,४ र ५ मा भएका बिकाशका बिभिन्न योजनाहरु सम्पन्न गरी हस्तान्तरण गरेको छ । शहरी बिकाश मन्त्रालय अन्र्तरगत संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजले आज शुक्रबार एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेलाइ बिभिन्न चन्द्रपुर नगर क्षेत्रमा भएका बिभिन्न योजनाहरु हस्तान्तरण गरेको हो । संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजले बिभिन्न ४ वटा योजनाहरुको निमार्णको लागी बिनायक÷प्रजिल जेभी सुकुल ढोका भक्तपुरलाइ ठेक्का लगाएको थियो ।
सो ४ वटा योजना सम्पन्न गर्नका लागि १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको लागतमा विनायक÷प्रजिल जेभी भक्तपुरले ठेक्का लिएको थियो ।सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भए तापनि निर्माण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयाँमा सकार गरेको थियो । ४ वटा योजना मध्ये वाड नं। २ जुडिबेला प्रवेशद्वारबाट असनवा सम्मको ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे र सडकको दुबै तर्फ नाला निमाार्ण कार्य गरेको ठेकेदार कम्पनीका प्रतिनिधि इन्जिनियर मनिष कुमार सिंहले जानकारी दिनुभएको छ । यसैगरी वाड नंं ३ गैडाटारमा हाट बजारको सेड निमार्ण,वाड नं। ४ टेकानटोलमा चार्जिङ सहितको बसपार्क निमार्ण र वाड नंं ५ मा ३ सय ५० मिटर नाला सहित सडक कालोपत्रे गरेको उहाँले जानकारी दिनुभयो ।
कार्य सम्पन्नको पत्र बुझदै नगर प्रमुख संजय कुमार काफ्लेले समयमा नै काम सम्पन्न गरिदिएकोमा निमार्ण कम्पनीलाइ धन्यबाद ज्ञापन गर्नुभएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं। ४ का वाड अध्यक्ष रबि राना मगर,नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,जनप्रतिनिधिहरु,स्थानिय भद्रभलादमीहरुको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here