चन्द्रनिगाहपु्रका औषधी पसलमा ताला बन्द,केही पसले सटर झारेर टाप

0
288

चन्द्रपुर,१४ फागुण
औषधी ब्यबस्था बिभागको शाखा कार्यालय बिरगंजबाट आएको अनुगमन टोलीले मंगलबार चन्द्रपुरका केही औषधी पसलमा तालाबन्दी गरेको छ भने कतिपय औषधी पसल संचालक पसल बन्द गरेर भागेका छन । औषधी ब्यबस्था बिभाग शाखा कार्यालय बिरगंजका प्रमुख अरबिन्द बानियाको नेतृत्वमा आएको अनुगमनटोलीले अबैध रुपमा संचालनमा आएका औषधी पसलमा तालाबन्दी गरेको हो । अनुगमनटोलीले चपुर सिटी अस्पतालको औषधी पसल,डल्फीन फार्मेसी,आयु मेडिकल हलमा तालाबन्दी गरेको कार्यालय प्रमुख बानियाले जानकारी दिनुभएको छ ।
चपुर सिटी हस्पिटलले औषधी पसलको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएको बानियाले जानकारी दिनुभयो ।
यसैगरी डल्फीन फार्मेसी र आयु मेडिकल हल पनि दर्ता नभएको देखिएपछि तालाबन्दी गरेको उहाले बताउनु भएको छ । उनीहरुलाइ औषधी ऐन २०३५ अनुसार कार्वाही हुने समेत बानियाले जानकारी दिनुभयो ।
यस्तै हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसल पनि दर्ता नभएको उहाले जानकारी दिनुभएको छ । बिगत लामो समय देखी संचालन हुदैआइरहेको ट्रमा सेन्टरको औषधी पसल दर्ता नभएको देखिएको उहाले जानकारी दिनुभएको छ । सो अस्पतालको औषधी पसल दर्ता प्रक्रियामा रहेको कारण ७ दिन भित्र दर्ता गर्नको लागी सचेत गराइ समय दिएको समेत उहाले बताउनु भएको छ ।
चपुरका अन्य केही औषधी पसलहरुलाइ कागजपत्र नबिकरण गर्नेको लागी ७ दिनको समय दिएको र औषधी ब्यबस्था बिभाग बिरगंज शाखाका सम्पर्क राख्न समेत जानकारी गराइएको बानियाले जानकारी दिनुभयो ।
यसैबिच मौलापुरमा रहेको पटेल मेडिकल हलका संचालक ओम प्रकाश पटेल बिरुद्ध अदालतमा मुद्दा दर्ता गरेको समेत उहाले जानकारी दिनुभएको छ । औषधी पसल दर्ता नभएको र दर्ता नभएका औषधीहरु बिक्री बितरण गर्दै आइरहेको भेटिएपछि सो पसलका संचालक पटेल माथि औषधी ऐन २०३५ अनुसार कार्वाहीको लागी जिल्ला अदालत गौरमा मुद्दा दर्ता गरको प्रमुख बानियले जानकारी दिनुभयो । यसैगरी बौधीमाइ नगरपालिकाको कोपवामा पनि २ वटा औषधी पसलमा सिलबन्दी गरेको प्रमुख बानिया बताउनु भएको छ ।
तिन दिन भित्र रौतहटमा करिब २ दर्जन भन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाइ कडा भन्दा कडा कार्वांही गरेर छाडने उहाले प्रतिबद्धता जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here