चन्द्रपुर एकेडेमीमा निशुल्क स्वास्थ परिक्षण

0
147

रौतहट फागुन १६
रौतहटको चन्द्रपुर एकेडमीमा अध्यनरत विद्यार्थी तथा शिक्षक, कर्मचारीको निशुल्क स्वास्थ परिक्षण गरीएको छ । एकेडेमीको प्राङ्गणमा चन्द्रपुर अस्पताल प्राली तथा ईसेवाको सहकार्यमा विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्दै निशुल्क स्वास्थ परिक्षण र औषधि वितरण गरेको चन्द्रपुर एकेडेमीका सञ्चालक समिति अध्यक्ष वसन्त कुमार आचार्यलै जानकारी दिनुभयो। चन्द्रपुर अस्पतालका डा. सुवास चौधरी,डा.श्याम बाबु साह,डा.अखिल साह,स्टाप नर्सहरु पारो चौधरी, दिपसना धिताल,अस्पतालका प्राविधिकहरु प्रमोद यादव चन्द्रपुर अस्पतालका, प्रबन्ध निर्देशक सरोज चौधरीले स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य सम्बन्धि परामर्श एवम् औषधी दिनुभएको उहाँले बताउनुभयो। विद्यालयमा कक्षा प्ले नर्सरीदेखि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको विद्यालयका प्रिन्सिपल गरिमा घिमिरेले जानकारी दिनुभयो। उहाँले विद्यालयले सदैव विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकाससँगै समग्र विकासमा योगदान पुर्याइरहेको जनाउँदै चन्द्रपुर एकेडेमी शिक्षाको विकाससँगै सामाजिक उत्तरदायित्वमा पनि अगाडि बढिरहेको बताउनुभयो।

ईसेवाका प्रतिनिधि भुवन आचार्यले ईसेवाले धेरै क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यहरु गर्दै आइरहेको स्मरण गर्दै चन्द्रपुर एकेडेमीसँग स्वास्थ्य क्षेत्रमा सहकार्य एकदमै फलदायी भ‌एको बताउनुभयो ।
सो स्वास्थ्य परीक्षण कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी, चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डल पनि उपस्थिती रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here