चन्द्रोदय साकोसको १७ औ स्थापना दिवशको अबसरमा बिभिन्न ब्यक्तित्वहरुलाइ सम्मान

0
88

चन्द्रपुर,१६ फागुण
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले बिहीबार आफनो स्थापनाको १७ औ स्थापना मनाएको छ । होटल आरोहीको सभाहलमा मनाइएको दिबसको उदघाटन गनुहुदै नेफस्कुन संचालक समितिका सदस्य शोभा राउतले उदघाटन गनुहुदै सहकारीहरु संस्थाले मुल मर्म र नीति अनुरुप संचालन हुने हो भने समस्या नआउने बताउनु भयो । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक कृयाकलाप, सास्कृतीक, आर्थीक र बाताबरणको क्षेत्रमा पुरयाएको योगदानले समाज रुपान्तरणमा सघाउ पुुरयाएको बताउनु भयो । उहाले चन्द्रोदय साकोस लाई शेयर सदस्यको आर्थीक पक्ष बलियो बनाउन उत्पादन क्षेत्रमा लगानी गर्न सुझाब दिनु पर्ने बताउनु भयो । सोही कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु पोखरेलले सहकारी संस्थाले शेयर सदस्यको बचत रकमको सदुपयोग गर्दै शेयर सदस्य हितमा केन्द्रित हुनु पर्ने बताउनु भयो । सहकारी संस्था लाई समस्याग्रस्त हुन नदिन संचालक समितिले ऋण प्रबाह गर्दा साबधानी अपनाउनु पर्ने उहाले बताउनु भयो । संस्थाले स्थापना दिबसको अबसरमा चन्द्रनिगाहपुर हस्पिटल प्रालिका संचालक सुबास चौधरी, रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल, जनजागृती माध्यमिक बिद्यालयका प्राध्यानाध्यापक शत्रुधन साह, चन्द्रपुर एकेडेमीका प्रार्चाय गरिमा घिमिरे, मालपोत कार्यालय चन्द्रनिगाहपुरका ज्ञानेन्द्र काफले, टाईकन्डु खेलाडी केनीस खडका, चन्द्रोदय साकोसका ब्यबस्थापक शुभनारायण चौधरी, कला क्षेत्रका आशिष लामा लाई सम्मान गरेको छ । अध्यक्ष बसन्त आचार्यले सस्थाको प्रगती बिबरण प्रस्तुत गर्नु हुदै संस्था स्थापना गर्दा ज्ञान नभएपनि शेयर सदस्यको साथले आज १७ औ बार्षिक उत्सब मनाउन पाएको बताउनु भयो । उहाले आफनो घर परिबार भन्दा पनि संस्था लाई आफनो सम्झेर अधिकास समय दिएको बताउनु भयो । संस्थाका अध्यक्ष बसन्च आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको मुख्य ब्यबस्थापक कृष्णलाल थापाले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य बासुदेब अधिकारीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here