चन्द्रपुर,२० बैशाख
नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले प्रेस जगतले जनस्तरको आवाजलाइ उच्च प्राथामिकता दिनुपर्ने बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवशको अबसरमा शनिबार रौतहटको चन्द्रपुर १ नुनथरमा प्रेस चौतारी नेपाल रौतहट शाखाद्धारा आयोजित वन भोज कार्यक्रममा जिल्ला इन्चार्ज गुप्ताले यस्तो बताउनुभएको हो । नेता गुप्ताले भुईमान्छेहरुको समस्यालाइ उजागर गर्न पत्रकारहरुलाइ आग्रह गर्नुभएको छ ।
स्थानिय स्तरमा बिभिन्न किसिमका समस्याहरु छन ति समस्याहरुको उजागर गर्ने मुख्य निकाय नै प्रेस जगत भएको हुदा यस्ता कार्यमा पत्रकारहरुले बढी ध्यान दिनुपर्ने उहाले बताउनु भयो । विश्व प्रेस स्वतन्त्रताको शुभकामना दिदै केन्द्रिय सदस्य गुप्ताले पत्रकारिता क्षेत्रमा धेरै चुनौती रहेको अबस्थामा सचेत भएर सत्यतथ्य समचार प्रकाशन र प्रशारण आजको आवश्यकता भएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रेम चन्द्र झा,रमेश तिमलसिना,उत्तम कुमार उपाध्याय,पुर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता,नेकपा एमालेका गौर नगर कमिटि अध्यक्ष,नेकपा एमाले निर्वाचन बिभाग प्रमुख मिथलेश झा,नेकपा एमालेका युवा नेता ओम प्रकाश साह,गौर अस्पताल संचालक समितिका अध्यक्ष शेख अनबर,प्रेस चौतारी नेपाल रौतहट शाखाका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
यसैबिच नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि विश्व प्रेस स्वतन्त्रता दिवशको अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखा कार्यालयमा आयोजित अन्र्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शाखाका अध्यक्ष संजय कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब गौतम श्रेष्ठले गर्नुभएको थियो । अन्र्तरक्रिया कार्यक्रममा जिल्लाभरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।