चन्द्रपुर,१ असार
रौतहट बचत तथा ऋण सहकारी संघ लि को आयोजना तथा चन्द्रपुर हस्पिटल प्रा लि को प्राबिधिक सहयोगमा बृन्दावन नगरपालिका १ हनुमान मन्दिरको परिसरमा बृहत स्वास्थ्य शिशिर सम्पन्न भएको छ ।समाज प्रतिको चासो या समाज प्रतिको उत्तरदायीत्वको भावना अनुसार संघले यो कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रमको उद्घाटनमा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।ब्यानर पढेर संघका अध्यक्ष बिभु पोखरेलबाट नै कार्यक्रमको उद्घाटन गरिएको थियो । यस्ता कार्यक्रम बारम्बार गर्न स्थानीय वाबु लाल साह ,रामानन्द साह ,मुकेश यादव लगायतले सुझाव दिनु भएको थियो ।कार्यक्रममा १२५ भन्दा बढी बिरामीको जाच गर्नुको साथै निशुल्क औषधि बितरण गरिएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष रामबिश्वास पासवान ,महासचिव देव बहादुर सापकोटा ,सचिब वसन्त आचार्य ,ब्यबस्थापक नेवालाल राम ,चन्द्रपुर हस्पिटलका संचालक डा सुवास चौधरी ,डा कुन्दन चौधरी लगायतको उपस्थिति रहेको थियो ।