चन्द्रपुर,१ असार
रौतहटमा आइतबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका वाड नं. १ जयनगरटोलका ६५ बर्षिय सियाराम बनियाको मृत्यु भएको हो । बिहान घर अगाडी बाख्रा सार्नेक्रमममा चट्याङ परेर घाइते भएको बनियाको उपचारको क्रममा प्रदेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपक कुमार रायले जानकारी दिनुभएको छ । घाइते बनियालाइ इलाका प्रहरी कार्यालय गरुडाले उपचारको लागी गौर अस्पताल लगिएको र अस्पतालमा चेकजाचको क्रममा बिहान ९ः २० बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी रायले जानकारी दिनुभयो । शबलाइ गौर अस्पतालमै राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको समेत उहाले जानकारी दिनुभयो ।