चन्द्रपुर,१५ असार
रौतहटका चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले कृषि उत्पादन बढाउनको लागी चन्द्रपुर नगरपालिकाले सहयोग गरिरहेको र अझै गर्ने बताउनु भएको छ । धानबालीमा संघलता,खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मुल नाराका साथ आइतबार चन्द्रपुर २ पुलामीटोलमा २२ औ ‘राष्ट्रीय धान दिवस’ को अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख काफ्लेले यस्तो बताउनु भएको हो । अन्न उत्पादन बढाउनको लागी नगरपालिकाले बिभिन्न लक्षित तथा बिपन्न परिवारहरुलाइ कृषि औजार देखी बिधुतिय मोटरहरु बितरण गदै आएको नगर प्रमुख काफ्लेले बताउनु भयो । कृषि उत्पादन बढे मात्रै किसानको आर्थिक अबस्था सुधार आउने भएकोले नगरपालिकाले किसानका हितका कार्यक्रमहरु संचालन गदै आएको उहाले बताउनु भयो ।
कार्यक्रमको उदघाटन नगर प्रमुख काफ्लेले ब्यानर बढेर गर्नुभएको थियो भने खेतमा धान समेत रोप्नुभएको थियो । सोही कार्यक्रममा आज असार १५ गतेको अबसर पारेर दहीचिउरा खाने कार्यक्रम समेत रहेको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका कृषि शाखा प्रमुख संदिप देवकोटा,सहकारी शाखा प्रमुख शेख नसरे आलम,सुचना तथा प्रबिधि शाखा प्रमुख राजेश सागर,पंजिकरण शाखाका प्रमुख लगायत बिभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । आरडिसी नेपालको समन्वयमा सम्पन्न कार्यक्रमको आरडिसी नेपालकी फिल्ड सुपरभाइजर ज्योती फुयालले संचालन गर्नुभएको थियो ।