महिलाको आर्थिक तथा राजनीतिक नेतृत्वको प्रर्बधनको लागी बृन्दावनमा नया परियोजना संचालन

0
36

चन्द्रपुर,१५ असार
रौतहटको बृन्दावन नगरपालिकामा संचालन हुने जलवायु प्रतिरोधी समुदाय निर्माणका लागि महिलाको आर्थिक तथा राजनीतिक नेतृत्वको प्रवद्र्धन कार्यक्रमबारे आज आइतबार चन्द्रनिगाहपुरमा सम्बन्धीत सरोकारवालाहरु संग परियोजनाको परिचय सम्बन्धी बैठक सम्पन्न भएको छ ।
ग्रामिण बिकाश केन्द्र रौतहटको आयोजनामा भएको उक्त कार्यक्रममा बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद कुमार कुर्मीले संचालन हुने परियोजना प्रभाबकारी हुनुपर्ने बताउनु भएको छ । महिलाहरुको आर्थिक स्तर उकास्नका गैर सरकारी संस्थाहरुको राम्रो योगदान भएको बताउदै जलवायु प्रतिरोधी महिलाको आर्थिक तथा राजनीतिक नेतृत्वको प्रवद्र्धन समुदाय निर्माणका लागि महिलाको आर्थिक तथा राजनीतिक नेतृत्वको प्रवद्र्धन कार्यक्रम पनि पुर्ण प्रभाबकारी बनाउन नगर प्रमुख कुर्मीले आग्रह गर्नुभयो । कार्यक्रममा बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले जलवायु परिर्वतनले धेरै प्रभाब पारिरहेको अबस्थामा यस्ता परियोजनाको भुमिका अहम हुने बताउनु भयो ।
आरडिसी नेपालकी उपाध्यक्ष ममता कुमारी झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बृन्दावन नगरपालिकाका बिभिन्न वाडका वार्ड अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यो परियोजना रौतहटको बृन्दावन र राजदेबी नगरपालिकामा संचालन भएको परियोजनाका कार्यक्रम संयोजक राणा समिमले जानकारी दिनुभएको छ । २०२५ मे देखी शुरु भएको यो परियोजना २०२७ डिसेम्बर ३१ सम्म रहने कार्यक्रम संयोजक समिमले बताउनु भयो । यस परियोजनामा कोइकाको आर्थिक सहयोग,अक्सफाम नेपालको प्राबिधिक सहयोग र कार्यन्यन साझेदार संस्था आरडिसी नेपाल रहेको समेत उहाले जानकारी दिनुभएको छ ।
यस परियोजना संचालन पछि यस क्षेत्रका महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरण, विपद् जोखिम न्यूनीकरण, जलवायु सहनशीलता अभिवृद्धि, तथा स्थानीय स्रोत र प्रविधिमा पहुँच सुनिश्चित उहाको भनाइ रहेको छ ।
२०२५ को अन्त्यसम्म ८५० घरपरिवार, जसमा ७०५ महिलाको नेतृत्व बढने छ, परियोजनाबाट प्रत्यक्ष लाभान्वित हुने अनुमान रहेको समेत समिमले जानकारी दिनुभयो ।
यो परियोजना महिला अधिकारको सुनिश्चितता, वातावरणीय सुधार, र समावेशी विकासको मार्गचित्रको रूपमा प्रस्तुत हुने समेत उहाले बताउनु भएको छ ।
यस परियोजनाबाट प्रत्यक्ष रुपमा एक हजार भन्दा बढी ब्यक्ती लाभान्बीत हुने र ५० हजार भन्दा बढी अप्रत्यक्ष रुपमा लाभ लिने कार्यक्रम संयोजक समिमले जानकारी दिनुभएको छ । उक्त परियोजना संचालनको लागी हरेक बर्ष १ करोड ५४ लाख ८३ हजार ९ सय ९६ रुपैया खर्च हुने समेत उहाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here