पौराइ ब्रहमस्थान परिसरमा ४५ फिट अग्लो महादेबको मुर्तिको अनावरण

0
770

चन्द्रपुर,५ साउन
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ पौराइ मन्दिर परिसरमा निर्मित ४५ फिट अग्लो महादेबको मुर्तिको आज एक कार्यक्रमका बिच अनावरण गरिएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले र रौतहट क्षेत्र नं. ४ क का निर्बतमान प्रदेश सभा सदस्य धनलाल ठोक्करले सो मुर्तिको अनावरण गर्नुभएको हो ।
अनाबरण कार्यक्रममा नगर प्रमुख काफ्लेले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा परिचित पौराई ब्रहमस्थान परिसरमा निर्मित महादेबको मुर्तिको निमार्णले धार्मिक पर्यटकहरुलाइ अझ आर्कषण बढाउने बताउनु भएको छ । पौराईलाइ धार्मिक पर्यटकिय क्षेत्रको बिकाश गर्नको लागी नगरपालिकाले सहयोग गदै आएको र आउदा दिनहरुमा पनि सहयोग गरिरहने नगर प्रमुख काफ्लेले बताउनु भयो ।
यसैगरी निर्बतमान प्रदेश सभा सदस्य धनलाल ठोक्करले यस क्षेत्रलाइ धार्मिक पहिचानको क्षेत्र बनाउनको लागी मुर्ति निमार्णको लागी आफनो कार्यकालमा शुरु गरेको बताउनु भएको छ । ढिलै भएतापनि निमार्ण कार्य सम्पन्न भएकोमा उहाले खुशी ब्यक्त गर्नुभएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला समिति सदस्य मिथलेश मिश्र,वाड नं. १ का वाड अध्यक्ष बलराम राउत, वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला, कांग्रेसका नेता श्रीराम न्यौपाने लगायत स्थानिय भद्रभलादमी,बुद्धीजिबीको उपस्थीती रहेको थियो । सो मुर्ति निमार्णमा करिब ७६ लाख लागेको निमार्ण समितिका अध्यक्ष रुपेश पंडितले जानकारी दिनुभएको छ । मुर्ति निमार्णले यस क्षेत्रको आर्कषण नै बढाएको अध्यक्ष पंडितले बताउनु भयो । कार्यक्रम पंडितकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here