ईप्रका चन्द्रनिगाहपुरका डिएसपी राईद्धारा प्रगति प्रतिबेदन सार्वजनिक, ४८ लाख भन्दा बढी मुल्य बराबरको समान बरामद

0
299

चन्द्रपुर,३ साउन
रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईले आर्थिक बर्ष २०८१÷०८२ को प्रगति बिबरण सार्वजनिक गर्नुभएको छ । गत बिहीबार प्रहरी प्रधान कार्यालय सरुवा हुनुभएका डिएसपी राईले आफनो एक बर्षिय कार्यकालको प्रगति बिबरण सार्वजनिक गर्नुभएको हो ।
आफनै पहलमा चन्द्रपुर नगरपालिकाको सहयोगमा गत बैशाख २४ गते नगरका विभिन्न स्थानहरूमा दिन र रातको समयमा समेत नम्वर प्लेट रिडिङ गर्न सक्ने १४ वटा क्यामेरा जडान गरी शान्ति सुरक्षा सुदृढ गर्ने प्रयास गरेको डिएसपी राईले जानकारी दिनुभएको छ ।
लागु औषधको ट्रान्जीटको रुपमा बिकशित हुदैगएको चन्द्रनिगाहपुरमा सो नियन्त्रणको लागी एक बर्षको अबधिमा गाँजा ५२ किलो, डाइजापाम ३८,फेनार्गन ४८ एम्पुल, नफिर्न ४८ एम्पुल, डाईजाल्याब १९९ , ट्रामाडोल ४५२० ट्याब्लेट सहित ९ जनालाई पक्राउ गरी कानूनी कारवाही गरिएको उहाले जानकारी दिनुभयो ।
फैसला कार्यान्वयन गरी दण्डहिनता अन्त्य गर्ने कार्ययोजना अन्तर्गत प्रतिवेदन अवधिमा सम्मानित अदालतबाट फैसला भई दोषि ठहर भई कैद तथा जरिवाना तोकिएका फरार रहेका ४४ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित अदालत समक्ष बुझाईएको ।
अवैध ढंगले हुने प्राकृतिक स्रोत साधनको दोहन रोक्ने कार्ययोजना अन्तर्गत प्रतिवेदन अवधिभर अवैध रूपमा चुरेक्षेत्र, खोलाहरूबाट बालुवा, गिट्टी,ढुङ्गा उत्खनन गर्दै गरेका १८ वटा ट्रयाक्टरलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि नगरपालिका पठाईएको जसको कारणवाट चोरी निकासीमा कमी आउनुको साथै रू ५५,०००।( राजस्व समेत दाखिला भएको सो प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ । साथै अवैध ढंगले ओसार पसार गरीरहेका ९७.५ क्युफिट काठ सहित १३ वटा साईकल, १ ओटा स्कारपियो गाडि समेत पक्राउ गरी आवस्यक कारवाहिको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाईएको समेत डिएसपी राईले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको कार्यालयको व्यारेक, शाखाहरू र थुनुवा कक्ष प्रयाप्त मात्रामा नभई दैनिकी काम कार्यमा कठिनाई हुदै आएकोले यस कार्यालयको भवनलाई जिल्ला ट्राफिक कार्यालय रौटहटमा सार्ने कार्ययोजना अन्तर्गत यस कार्यालयको पहलमा निर्माणाधिन भवनको मर्मत तथा थुनुवाहरू राख्नको लागि छुट्टै ४ कोठे हिरासतकक्ष भवन निर्माण कार्य शुरु गरिएको र यस कार्यालयको सौन्दर्यीकरण गर्नको लागि कार्यालय परीसर ढलान गर्नुको साथै डिजिटल बोर्ड समेत जडान गरिएको उहांले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालयले गर्ने नवप्रवर्तनात्मक कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीले सेवाग्राहीलाई निःशुल्क निवेदन लेखिदिने कार्य शुरु गरिएको जस अन्तर्गत प्रहरी कर्मचारीले ५१० वटा निशुल्क निवेदन सेवाग्राहीलाई लेखिदिईएको र त्यसैगरी प्रहरी कर्मचारीहरुलाई बिएमआइ सम्वन्धी अनुशिक्षण प्रदान गर्नुको साथै समय समयमा निशुल्क स्वास्थ्य परीक्षण सेवाको शुरुवात गरिएको समेत डिएसपी राईले बताउनु भएको छ । यसैगरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको अपराध नियन्त्रण कार्ययोजना तयार गरी लागू गरिएको र उक्त कार्ययोजना कार्यान्वयनको सिलसिलामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतका आत्महत्या रोकथाम, लागू पदार्थ दुर्वसनी रोकथाम, घरेलू हिंसा रोकथाम, समाजिक संजालको दुरुपयोग बिरुद्द,साँध(सिमानाको झै(झगडा न्युनीकरण तथा साम्प्रदायिक दंगा रोकथाम लगायतका २०३ वटा कार्यक्रमहरु संचालन गरिएको समेत उहाको भनाइ छ ।
सिमानाकाबाट हुने अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्ने कार्यअन्तर्गत गत आर्थिक बर्षमा रु ४८ लाख ३५ हजार ४ सय ५० रुपैया मुल्य बराबरको मालसामान पक्राउ गरी थप अनुसन्धानको लागि भन्सार तथा राजस्व कार्यालयमा बुझाईएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सोही अबधिमा एक सय १० चार वटा मो सा चोरी बरामद गरी मुद्दा चलाईएको साथै चोरीमा संलग्न २१ जना लाई पक्राउ गरी चोरीमा मुद्दा चलाईएको समेत राईले जानकारी दिनुभयो ।
सोही अबधिमा गुजरा नगरपालिका वाड नं. ९ सिमराभवानीपुर स्थित ना.२८ प ७१५२ नं.को मोटरसाइकल चालक वर्ष ३८ को भुपेन्द्र चौधरीलाई तत्काल नम्वर नखुलेको सवारी साधनले ठक्कर दिई फरार रहेकोमा फरार रहेको ना ५ त ३६९७ नं को ट्याक्टर सहित गत साउन ३० गते ट्याक्टर चालक गुजरा ८ जोगोलिया देवीपुर वस्ने २७ बर्षिय उमर फारुकलाई पक्राउ गर्न सफल भएको साथै यस १ वर्षको अवधिमा घटेका थप २ वटा हिट एण्ड रन घटनाहरुको सफल अनुसन्धान गरी प्रतीवादी पक्राउ गर्न सफल भएको डिएसपी राईको भनाइ रहेको छ ।
यसैगरी गत जेठ १४ गते राती चन्द्रपुर ४ मुस्लिम टोलका बर्ष ३५ को जवाहर महमदलाई हत्या गरी अभियुक्त फरार रहेकोमा निज अभियुक्त बर्ष ४५ को अन्सारुल महमद भारतीय सिमानामा लुकिछिपि बसिरहेको अवस्थामा गत असार ६ गते पक्राउ गरी कर्तब्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्न सफल भएको समेत उहाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here