घरको अभिलेखीकरण गर्न चन्द्रपुर नगरपालिकाले दियो अन्तिम मौका

0
87

चन्द्रपुर,५ भदौ
रौतहटको चन्द्रपुर नगरपालिकाले अभिलेखिकरणमा छुट भएका पुराना घरधनीलाई अन्तिमपटक एक महिनाको समय दिएको छ । आर्थिक वर्ष २०७७/०७८ को निर्देशिका अनुसार २०८२ भदौ २ गते बसेको नगर कार्यपालिका बैठकले शतप्रतिशत जरिवाना असुल गरी छुट भएका घरहरूको अभिलेखिकरण गर्ने निर्णय गरेको हो। नगरपालिकाले आफ्ना नागरिकलाई सुविधा दिन एकपटकका लागि मात्र अभिलेखिकरण खुला गरिएको जनाएको छ । भवन आचारसंहिता अनुसार २०७४ सालअघि निर्माण भएका घरहरू अभिलेखिकरण गर्न संघीय सरकारको निर्देशिका अनुरुप बनेको कार्यविधीले पटक–पटक आह्वान गरे पनि यसपटक अन्तिम मौका दिने गरी निर्णय गरिएको हो ।
निर्धारित शुल्कअनुसार पुराना घर अभिलेखिकरण गर्न प्रति स्क्वायर ८ रुपैयाँ लाग्नेछ भने नयाँ नक्सा पासको लागि प्रति स्क्वायर ५ रुपैयाँ तोकिएको छ ।नगर प्रमुख सञ्जय काफ्लेले कसैको उक्साहटमा नलागी तोकिएको समयमै अभिलेखिकरण गरी सुरक्षित बन्न सबैलाई आग्रह गर्नु भएको छ ।
चन्द्रपुर क्षेत्रमा नक्सा पास नगरी घर निर्माण गर्नेको संख्या अझै धेरै छ । प्रायः नागरिकले बैंक ऋण लिनुपर्ने अवस्थामा मात्र नक्सा पास गर्ने प्रवृत्ति देखिएकाले यसलाई निरुत्साहित गर्न जरुरी रहेको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।
त्यस्तै वडा नं। १ का अध्यक्ष बलराम राउतले आफ्ना नागरिकलाई अन्तिमपटक दिइएको अवसर गुमाउन नहुने बताउनु भयोे ।
नयाँ घर निर्माण गर्दा भने सुरुदेखि नै मापदण्डअनुसार बनाउनुपर्नेमा नागरिकले त्यस बिपरित अटेर गरेर घर निर्माण गरेर अभिलेखिकरण गर्ने प्रबृतीले भबन सहिता बिपरित घर निर्माण हुने गरेको छ ।
नगरपालिकाले समयमै नक्सा पास गरेर घर बनाउनेलाई तुलनात्मक रुपमा कम शुल्क लाग्ने जानकारीसमेत दिएको छ । तोकिएको समयसीमा भित्र अभिलेखिकरण नगर्ने घरधनीलाई आगामी दिनमा घरको अभिमुखिकरण नहुने नगरपालिकाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here